काभ्रेपलान्चोक : काभ्रे जिल्ला पनौती नगरपालिकामा रहेको पनौती प्रहरी चौकीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । पनौती नगरपालिका वडा नं. ६ र ७ का विभिन्न स्थानमा मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको पनौती प्रहरीले बताएको छ । पनौति प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको १ सय लिटर कच्चापदार्थ सहित ५०० लिटर तयारी घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको पनौती प्रहरी चौकी इन्चार्ज कपिल कार्कीले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।
प्रहरीले सोमबार पनौती नगरपालिका वडा न. ६ र ७ मा भएको घरेलु मदिरा जनप्रतिनिधि र स्थानीयको रोहबरमा १०० लिटर कच्चा पदार्थ र तयारी ५०० लिटर घरेलु मदिरा नष्ट गरेको हो । अवैध मदिरा उत्पादन, ओसारपसार र विक्री वितरण निरुत्साहित गरि समाजमा आपराधिक घटना नियन्त्रण गर्ने उदेश्यले अभियान सञ्चालन गरिएको पनौति प्रहरी चौकी इन्चार्ज कार्कीले बताउनु भयो ।