काभ्रेपलान्चोक – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । केहि दिन यता लगातार पानी परिरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा र हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी अन्य स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ । काभ्रेका धेरै स्थानमा पानी परिरहेको छ । केही स्थानमा पहिरो जान थालेको छ भने कतै बाढि आउला भनेर रातमा पनि कोशी हेर्ने गरेको बताउछन् स्थानीय दोलालघाटका बासिन्दाहरु हुन त काभ्रेको धेरै जस्तो ठाउँ पहिरोको पनि उच्च जोखिम रहेको छ । हिजो मात्र नै भुम्लु गाउँपालिकाको विभिन्न ठाउँ पहिरो गयर बिधालय र निर्माणाधिन अस्पतालको वाला पहिरो लागेर सडक नै अबरुद्ध भएको थियो । आज मात्रै बनेपा नगरपालिका वडा न ३ मा पहिरो गएर सडक अबरुद्ध भएको थियो ।

यसलाई मध्यनजर गर्दै नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमिति सदस्य राम कृष्ण पोखरेलले सबै लाई सचेत रहन आग्रह गरेका छन् । उनले देश भरी नै पानी परिरहेको कुरा उल्लेख गर्दै वर्षाको कारण बाढि पहिरोको उच्च जोखिम बाट बच्नका लागि सबैले आफ्नो ख्याल गर्ने आग्रह गरेका छन । आफै सचेत रहौ र समाजमा परेको दुख लाई आफ्नो दुख सम्झेर सकेको सबैले सहयोग गरौ । आपत बिपतमा सहयोगको भावना जगाइ सहयोग गर्न समेत उनले अपिल गरेका छन । उनले आफुले पनि जे जति सकिन्छ सहयोग गर्दै आएको र अब पनि सहयोग गर्ने जनाएका छन् ।

भोलि देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….