काभ्रेपलान्चोक – बुधवार लाईन्स क्लब अफ काठमाडौँ बागमतीकि उप-सचिब लाईन उषा शिंहले आफ्नो दिनको अवसरमा शंखारापुर नगरपालिका शाखु सम्लम्बुटार स्थित Conflict Victim and Disable Society (CVDS-Nepal) लाई खाद्यान्न वितरण गर्नु भएको छ । उहाँ चामल १० बोरा, नुन १५ के जि, तेल १ बाकस, चिनि ५के जि, चाउ चाउ २ बाकस, फ्रुटि २ बाकस, बिस्कुट ७२ प्याकेट हस्तान्तरण गर्नु भएको हो ।

उनले केहि दिनसम्म भएपनी पालन पोषणमा सहज होस् भन्ने उदेश्यले सहयोग गरेको बताउनु भयो । धेरै सहयोग गर्न नसकेपनि जे जती सकियो तेति सहयोग गर्दा समाजका अरुले पनि देखेर यसैगरी सामाजिक कार्यमा लाग्न सक्ने भन्दै आफुले प्रत्येक जन्मोत्सव र एनिभर्सरी यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको बताउनुभयो ।

असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….