बनेपा- आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा काभ्रेपलाञ्चोकमा एमालेको पक्षमा व्यापक जनलहर आएको छ । काभ्रेपलाञ्चोक जिल्लाको दुई वटा नै निर्वाचन क्षेत्रमा एमालेले गरेको कार्यक्रममा अहिले व्यापक जनलहर आएको हो । त्यस्तै प्रदेश सभाका चार वटा क्षेत्रमा मत हाल्न मतदाता आतुर भएका छन् ।
एमाले क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटीले मण्डनदेउपुर, धुलिखेल, पाँचखाल, बनेपा, पनौती, भुम्लु र बेथानचोकमा र क्षेत्र नं १ ले खानीखोला, महाभारत,रोशी, नमोबुद्ध, पनौती, धुलिखेल, चौरीदेउराली, तेमालमा भएका घरदैलो कार्यक्रममा एमालेको पक्षमा जनसागर नै उर्लिएको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका उम्मेदवार गोकुल बाँस्कोटा, पूर्वमन्त्री रेशम लामा तथा प्रदेश सभाका सदस्य उम्मेदवार दिलिप लामा, पूर्व मन्त्री चन्द्र लामा, कुमार थापा र कुमार खकुरेललाई स्थानीयवासीले स्वागत गर्दै घरदैलो कार्यक्रममा सहभागिता जनाए ।
सयौंको संख्यामा रहेको घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले आफ्नो घरको अगाडी स्वागत गरेका थिए । सयौंको संख्यामा स्थानीयवासीले एमाले उम्मेदवारको स्वागत गर्दै माला, खादा तथा अविर लगाई स्वागत गरे र अग्रिम विजयको श्ुभकामना व्यक्त गरे । उक्त क्रममा स्थानीयवासीको उत्साहलाई हेर्दा घरदैलो जस्तो नभई विजय उत्सव जस्तै बनेको थियो । माला तथा खादालाई संहालेर राख्न समेत नसक्ने गरी स्थानीयवासीले उम्मेदवारलाई स्वागत गरिएका थिए । घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले एमालेको जनवादी गीतहरु गाउँदै नाचगान समेत गरेका थिए । एमालेको उम्मेदवारलाई विजयको घोषणा गर्न मात्र बाँकी रहेको उल्लेख स्थानीयवासीले विजयको माला समेत तयार गरिसकेको बताए ।
स्वागत गर्नेमा एमालेका आस्थावान मात्र नभई गठबन्धन दलका सक्रिय कार्यकर्ता समेत रहेका थिए । उनीहरुले काभ्रेको विकास र समृद्धिको लागि एमालको उम्मेदवारको विकल्प नभएकाले पार्टी भन्दा माथि उठी काभ्रेको विकास र समृद्धिका लागि एमाले उम्मेदवारलाई विजयको शुभकामनासहित ठाउँ ठाउँमा स्वागत गरेको उल्लेख गरे ।
स्वागत गर्ने स्थानीयवासीले एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताए । उनीहरुले स्वागतका क्रममा ‘मंसिर ४ एमाले सरकार’, ‘एमालेका उम्मेदवार जिन्दावाद’, ‘काभ्रेबासीले के भन्छन्, एमालेको जित भन्छन् , ‘सूर्यमा छाप झ्याप झ्याप’ लगायतका उम्मेदवार बाँस्कोटा,लामाको नेतृत्वमा भएका विकासका कार्यहरुलाई नारा लगाई भव्य रुपमा स्वागत गरेका थिए ।
स्वागतलाई ग्रहण गर्दै एमाले उम्मेदवारले जनताको स्वागत र आशिर्वादले विजयी निश्चित रुपमा हुने उल्लेख गर्दै जनताको चाहना शतप्रतिशत पुरा हुने विश्वास दिलाउनुभयो । जनताको एक मतले आफुहरुले पाँच वर्ष जनतालाई सेवा गर्ने उल्लेख गर्दै छ नै जनाले जनमतबाट विजयी घोषणा भएपछि काभ्रे विकास र समृद्धिको ठूलो जनपक्षीय अभिभारको जिम्मेवारी एमाले र एमालेका जनप्रतिनिधिको काँधमा आउने र त्यसलाई सहर्स रुपमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । अहिले एमालेका सबै तह र तप्काका नेता कार्यकर्ताले एमाले उम्मेदवार जिताउन घर घरमा पुगेका छन् ।- काभ्रे हेडलाईन बाट