कार्यक्रममा पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ,प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया,पूर्वमन्त्री शंकर भण्डारी,राष्ट्रिय महिला आयोगकी अध्यक्ष कृष्णकुमारी खतिवडा,दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा लगायतले नेपालको औपचारिक राष्ट्रिय पोशाक हुनुपर्ने विषयमा जोड दिनुभयो। अभियानकै अग्रसरता र प्रयासमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल– प्रचण्डले प्रधानमन्त्रीको सपथ ग्रहणमा राष्ट्रिय पोशाक दौरासुरुवाल,टोपी लगाएर गर्नुभयो ।
अभियानले सरकारका विभिन्न संबैधानिक निकाय, आयोग, मन्त्रालय, संसद सचिवालयमा औपचारिक पोशाक अविलम्व हुनुपर्ने माग राख्दै विभिन्न समयमा ध्यानाकर्षण गराउँदै आएको माण्डव्यले बताउनुभयो । प्रतिष्ठानले हरेक बर्ष सम्मान कार्यक्रमलाई अगाडी बढाउदै लाने र हाललाई आर्थिक रकम एघार हजार एक सय एघार राखेको छ ।