काठमाण्डौ, राष्ट्रिय संगीतकर्मी संघमा आवद्ध कलाकारहरुलाई छिटो, छरितो र सर्वसुलभ सेवा उपलब्ध गराउन चिरायु अस्पताल र सङ्गीतकर्मी संघबीच स्वास्थ्य सेवा बारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थसँग सस्कृति भन्ने मुल भावना सहित सङ्गीतकर्मीहरुलाई छिटो छरितो सर्व सुलभ स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यका साथ चिरायु अस्पताल र राष्ट्रीय सङ्गीतकर्मी संघ बिच सहमती र सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा चिरायु अस्पतालका तर्फबाट अस्पतालका अध्यक्ष हेम गुरुङ्ग र सङ्गीतकर्मी संघको तर्फबाट केन्द्रीय अध्यक्ष बिक्रम जङ्ग शाहले हस्ताक्षर गरेका थिए ।
सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाली गीत सङ्गीत क्षेत्रका बिशिष्ट कलाकार घमेश दुलाल, रेशम थापा, यम बराल, नवराज घोरासैनी, राजेन्द्र कुमार कार्की, प्रकाश कटुवाल, उमा श्रेष्ठ, आशा लामा र शङ्कर ढकाल लाई प्रिभिलेज कार्ड ं(बिशेश अधिकार कार्ड) सम्मान स्वरुप बितरण गरिएको थियो ।
संघका अध्यक्ष बिक्रम जङ्ग शाहले स्वास्थ र सस्कृति बिना मानव समुदाय जिबित नरहने र यसरी नै स्वास्थ्य क्षेत्र र सस्कृतिको क्षेत्रमा सहकार्य गरेर अगाडी बड्नु पर्ने कुरामा आफु र आफ्नो सस्था सधै सँगै रहने बताए । यसै गरी अस्पताल तथा हस्ताक्षर कार्यक्रमका अध्यक्ष हेम गुरुङ्गले संगीतकर्मीहरु स्वास्थ सेवाको लागि जोडिनु भएकोमा खुशी ब्यक्त गर्दै सधै कलाकार हरुलाई सहयोग गर्ने बचन दिए । कार्यक्रममा सङ्गीतकर्मी संघका केन्द्रीय महासचिव अ्मृत खातीले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भनेको सङ्गीतकर्मी र स्वास्थ्य कर्मीहरुको आत्मियता र भावना जोडिनु भएके बताए । यसलाई क्षणिक भन्दा अनन्तकाल सम्म बचाइ राख्नु पर्ने कुरामा खातीले जोड दिए ।