काठमाण्डौ – राष्ट्रिय संगीतकर्मी संघले वृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाण्डौ टोखाको भुतखेल पार्कमा नेपाली कांग्रेसका यूवा नेता तथा सांसद प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न वनभोज कार्यक्रममा विविध कलाकारहरुले आफ्नो साँगितिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता तथा सांसद प्रदिप पौडेलले कला र संस्कृति हाम्रो पहिचान भएकोले यसलाई पुस्तान्तरणको खाँचो रहेको बताए ।

सांसद पौडेलले नेपाली कला संस्कृतिलाई कलाकारहरुले जोगाइराखेकोमा हामी नेपालीहरुले गौरव गर्नुपर्ने बताउँदै नेपाली कला संस्कृतिको संरक्षण सम्बद्र्धनमा आफू प्रतिबद्ध रहने बताए । पौडेलले राष्ट्रिय संगीतकर्मी संघलाई आफू सहयोग गर्न सधै तयार रहेको बताए ।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय अध्यक्ष बिक्रमजंग शाहले उपस्थित सबैलाई स्वागत गर्दै नेपाली कला संस्कृतिलाई हामीले माया गर्नुपर्ने बताए । कार्यक्रममा अध्यक्ष शाह, प्रतिमा अर्याल आशा लामा लगायत चर्चित कलाकाहरुले प्रस्तुति दिएका थिए ।

सघंका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश कटुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा हालै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका टेकबहादुर तामाङलाई सम्मान गरिएको थियो । यस्तै संस्थाका आजिवन सदस्यहरुलाई कार्यक्रममा प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु नमराज घोरासैनी, रेशम थापा लगायत केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्ला शाखाहरुबाट समेत सहभागिता रहेको थियो ।

कार्यक्रम संचालन संस्थाका महासचिव अमृत खातीले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….