टोकियो ओलम्पिकमा ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै

टोकियो ओलम्पिकमा ७० पदकसहित चीन शीर्ष स्थानमा कायमै
काभ्रेपलान्चोक - टोकियो ओलम्पिकमा ७० पदकसहित चीन शीर्ष स्थानमा रहेकोे छ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, सात रजत र १२ क...

नेपालीलाई आजदेखि युएई प्रवेश खुला

नेपालीलाई आजदेखि युएई प्रवेश खुला
काभ्रेपलान्चोक - संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ। आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ। भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ।

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब
काभ्रेपलान्चोक - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ । यो पनि हालसम्मकै ...

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार भन्दा बढी संक्रमणमुक्त
एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ५ सय ४९ मा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या भने ४ सय २२ रहेको छ । योसँग भारतमा कोरोनाका कारण चार लाख २५ हजार १ सय ९५ जनाले ज्यान गुमाईसकेका छन् । हाल भारतमा ४ लाख ४ हजार ९ सय ५८ सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका ३८ हजार ८ सय ८७ सहित भारतमा संक्रमणमुक्त हुनेको ...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घाेषणाा

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घाेषणाा
काभ्रेपलान्चोक - पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासकाे घाेषणाा लिएका छन । नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको बताएका छन् ।नेपाली क्रिकेटका सबैभन्दा सफल खेलाडी तथा पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । सामाजिक सन्जाल फेसबुकमार्फत उनले समर्थक र सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छ...

जापानमा जारी ओलम्पिकमा २९ स्वर्ण जित्दै चीनले पहिलो स्थानमा

जापानमा जारी ओलम्पिकमा २९ स्वर्ण जित्दै चीनले पहिलो स्थानमा
एजेन्सी - जापानको टोकियोमा चलिरहेको ओलम्पिकमा चीनले स्वर्णको संख्या २९ पुर्याएको छ । चीन २९ स्वर्ण, १७ रजत र १६ कास्यसहित ६२ पदकका साथ तालिकाको शीर्ष स्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २२ स्वर्ण, २५ रजत र १७ कास्य गरी ६४ पदक जितेको छ । तेस्रो स्थानको आयोजक राष्ट्र जापानले १७ स्वर्ण, ६ रजत र १० कास्यसहित ३३ पदक जितेको छ ।

सलमानसँग ‘भिड्न’ इमरान तयार

सलमानसँग ‘भिड्न’ इमरान तयार
काभ्रेपलान्चोक - इमरान हासमी रोमान्टिक हिरोका रुपमा चिनिन्छन् । बलिउडमा उनले ‘सिरियल किसर’ को उपमा नै पाएका छन् । तर, त्यो समय अब गुज्रिसकेको छ ।   इमरान सुपरस्टार सलमान खानको आगामी चलचित्र टाइगर ३ मा देखिँदैछन् । यसका लागि उनले शरीरमा ठूलो परिवर्तन ल्याएका छन् । उनले सामाजिक सञ्जालमा सेयर गरेको एउटा तस्बिरले निकै चर्चा बटुलिरहेको छ

अमेरिकी पौडीबाज ड्रेसलले चौथो स्वर्ण पदक जित्न सफल

अमेरिकी पौडीबाज ड्रेसलले चौथो स्वर्ण पदक जित्न सफल
काभ्रेपलान्चोक - अमेरिकी पौडीबाज केलब ड्रेसलले जारी टोकियो ओलम्पिकमा चौथो स्वर्ण पदक जितेका छन् । २४ वर्षीय ड्रेसलले आइतबार बिहान पुरुषतर्फको ५० मिटर फ्री स्टाइलमा कीर्तिमानसहित चौथो स्वर्ण हात पारेका हुन् । उनले निर्धारित दूरी २१.०७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । साथै यस स्पर्धामा २००८ मा ब्राजिलका केसर सिएलोले सन् बनाएको कीर्तिमान भन्दा ०.२३ सेकेण्ड छिटो दूरी पूरा गरेका हुन् ।

विश्व नम्बर एक जोकोभिकलाई स्तब्ध पार्दै जेभरेभ ओलम्पिक टेनिसको फाइनलमा

विश्व नम्बर एक जोकोभिकलाई स्तब्ध पार्दै जेभरेभ ओलम्पिक टेनिसको फाइनलमा
 विश्व नम्बर एक सर्बियाका खेलाडी नोभाक जोकोभिक टोकियो ओलम्पिकको टेनिसतर्फको पुरुष एकलमा पराजित भएका छन् । उनी जर्मनीका अलेक्जेन्डर जेभरेभसँग पराजित भएका हुन् । पहिलो सेट ६-१ ले जितेपनि खेलमा फर्कदै जेभरेभले जोकोभिकलाई ६-३ र ६-१ ले स्तब्ध पारेका थिए । अब उनले रुसका कारेन काचानोभसँग फाइनलमा खेल्नेछन् ।