साहस उर्जाले ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने

साहस उर्जाले ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने
काभ्रेपलान्चोक - साहस उर्जा लिमिटेडले यहीँ असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । निष्काशन गरिने कुल शेयरमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।

दशैंका लागि नयाँ नोट वितरण असोज ४ गतेदेखि

दशैंका लागि नयाँ नोट वितरण असोज ४ गतेदेखि
काभ्रेपलान्चोक  – दशैंका लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिए । ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु ...

सुनको मुल्यमा गिरावट

सुनको मुल्यमा गिरावट
काभ्रेपलान्चोक - नेपाली बजारमा केही दिनयता सुनको मुल्य घट्ने क्रम जारी रहेको छ । एक हप्ता अगाडिको तुलनामा पछिल्लो दिनहरुमा सुनको मुल्य घटेको छ । हिजो बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मुल्य बिहीबार आज २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

उग्रतिर्थ साकोसको आफ्नै भवनबाट सेवा शुभारम्भ

उग्रतिर्थ साकोसको आफ्नै भवनबाट सेवा शुभारम्भ
काभ्रेपलान्चोक - उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्थाले आफ्नै भवनबाट सेवा सुरुवात गरेको छ । प्रगति प्रभात स्कुल सँगै रहेको आफ्नो भवन बाट सेवा सुचारू गरेको हो । बनेपा-७ स्थित संस्थाको भवन शुक्रवार उद्धघाटन गरी सेवा शुभारम्भ गरेको हो । उद्घाटन कार्यक्रममा पूर्व उपसचिव हरि वशिष्ठ, युवा व्यवसायी विज्ञान राई, नुनम सुब्बाले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको थियो । ३२ सय शेयर सदस्य रहेको सहकारीमा ४ कर...

तालिबानले गर्यो, भारतसँग सीमापार व्यापार बन्द

तालिबानले गर्यो, भारतसँग सीमापार व्यापार बन्द
एजेन्सी - तालिबानले अफगानिस्तान–भारत सीमापार व्यापार बन्द गराएको छ । तालिबानले अफगानिस्ताको सत्ता कब्जा गरेपछि भारत सीमापार व्यापार बन्द गराएको हो । योसँगै लाखौं डलरका सामान आयात–निर्यात रोकिएका छन् । (भारत र अफगानिस्तान) का मालवाहक गाडी पाकिस्तानको बाटो भएर ओहोरदोहोर गर्थे । फेडेरसन अफ इन्डियन एक्सपर्ट अर्गनाइजेसन (एफआईईओ)का अनुसार अब त्यस्तो गाडी आवतजावतमा रोक लगाइएको हो ।

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले अगामी भदौ २० र २३ गते ओमानमा पपुवा न्युगिनीसित दुई एकदिवसीय खेल खेल्न लागेको श्रोतले जनाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्ने तय भएको हो । लिग–२ अन्तर्गत नेपालले आगाम...

आज सुनको मुल्य ६०० रुपैयाँले बढ्यो

आज सुनको मुल्य ६०० रुपैयाँले बढ्यो
काभ्रेपलान्चोक - बिहीबार सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । छापावाला सुन तोलामा ८९ हजार ४०० रुपैयाँमा र तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भए...

सुनको मुल्य ४०० रुपैयाँले घट्यो

सुनको मुल्य ४०० रुपैयाँले घट्यो
काभ्रेपलान्चोक - सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । आज सुनको मुल्य प्रतितोला ८८ हजार ८०० रुपैयाँमा झरेको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ । मंगलबार सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।  

नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म

नेपाली ट्रकका कथामा बन्यो अमेरिकामा फिल्म
नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन् । “टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज” नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्वपूणर् साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ । साथै नेपालमा भन्ने गरिएको ट्रक सा...

आज सुनको भाउ प्रतितोला २ सय बढ्याे

आज सुनको भाउ प्रतितोला २ सय बढ्याे
काभ्रेपलान्चोक - आज सुनको मूल्य तोलामा २ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ८९ हजार २ सय तोकिएको छ । आइतबार र सोमबार दुई दिन सुन तोलामा २५ सय घटेको थियो । आज तेजावी सुनको मूल्य ८८ हजार ७५० रूपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य १० रूपैयाँ घट्दै प्रतितोला १ हजार २०५ मा कारोबार भइरहेको छ ।