सुनको मुल्यमा गिरावट

सुनको मुल्यमा गिरावट
काभ्रेपलान्चोक - नेपाली बजारमा केही दिनयता सुनको मुल्य घट्ने क्रम जारी रहेको छ । एक हप्ता अगाडिको तुलनामा पछिल्लो दिनहरुमा सुनको मुल्य घटेको छ । हिजो बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मुल्य बिहीबार आज २ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

पत्नीको जन्मदिनमा केपी शर्मा ओली निकै खुशी

पत्नीको जन्मदिनमा केपी शर्मा ओली निकै खुशी
काभ्रेपलान्चोक - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यको जन्मदिनमा छमछमी नाच्नुको साथै निकै खुशी देखिनु भएको छ । मत भाग्यमानी कति भाग्यमानी गीतमा ओली नाच्नुभएको हो । केपी शर्मा ओली नाचेको ३० सेकेण्डको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । शाक्यको जन्मदिन ओली निवास बालकोटमा पार्टीका केही नेता कार्यकर्ता र मानव सेवा आश्रमका मानिसहरुसँग मनाइएको थियो ।

घिउकुमारीको ७ वटा फाइदा र प्रयोग

घिउकुमारीको ७ वटा फाइदा र प्रयोग
एलोभेरा सौन्दर्य प्रशाधन एवं स्वास्थ्यको क्षेत्रमा परिचित नाम हो । यो क्याक्टस प्रजातिको एक बिरुवा हो, जो गर्मी एवं सुक्खा जलवायुमा उब्जाउ हुन्छ । यो व्यापक रूपमा टेक्सास, न्यू मेक्सिको, एरिजोना र क्यालिफोर्नियाको दक्षिणी सीमा क्षेत्रहरुमा खेती गरिन्छ । यो वर्षौंको लागि आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिँदै आएको हो । एलोभेरा जेलले हामीलाई घामबाट बच्न र घाउ निको पार्न मद्दत गर्छ । यसका लाभहरुको बारेम...

पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ लाई संक्रमण, ४४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ लाई संक्रमण, ४४ जनाको मृत्यु
काभ्रेपलान्चोक - पछिल्लो २४ घण्टामा थप नेपालमा २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१ हजार ७८१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। बुधबार थप ४४ जनाले ज्यान गुमाएका छन्। आज सँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार आज १५ हजार २९० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको जानकारी दिए । पछिल्लो २४ घण्टामा ९ हजार ७११ जन...

बनेपामा विद्यार्थीले लगाए कोरोना विरुद्धको खोप

बनेपामा विद्यार्थीले लगाए कोरोना विरुद्धको खोप
काभ्रेपलान्चोक - बनेपामा बुधबार विद्यार्थीहरुले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका छन । बनेपा नगरपालिकाले बिद्यार्थीहरु लाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाएको हो । कक्षा ११ , १२ को विद्यार्थीहरुको परिक्षाका लागि तयारी अवस्थामा राख्न सरकारले निर्देशन दिए पछि बिद्यार्थीहरु लाई संक्रमण नहोस भनेर खोप प्रदान गरेको हो ।          बनेपा नगरपालिकाले १८ वर्ष माथिका विद्यार्थीलाई कोरोनाविरुद्धको पह...

नमोबुद्धमा बालबालिकाको आँखा परिक्षण अभियान सुरु

नमोबुद्धमा बालबालिकाको आँखा परिक्षण अभियान सुरु
भकुण्डबेशी– नमोबुद्ध नगरपालिकाका बालबालिकालाई लक्षित गर्दै निःशुल्क घरदैलो आँखा परिक्षण अभियान सञ्चालन गरिएको छ । नमोबुद्ध नगरपालिका र सेवा फाउण्डेसनको सहकार्य तथा रेयुकाई मासुनागा आँखा अस्पताल बनेपाको आयोजनामा अभियान थालिएको हो । आज मंगलबारबाट सुरु भएको अभियान दुई महिनासम्म नगरका सबै वडा र टोलमा सचालन हुनेछ । कोरोना महामारीका कारण बालबालिकाहरु विद्यालय नगई अनलाइन कक्षामार्फत पढिरहेका कारण उन...

रातिदेखि मनसुन थप सक्रिय

रातिदेखि मनसुन थप सक्रिय
काभ्रेपलान्चोक - आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । विगत एक दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको छ । विभागले जानकारी दिए अनुसार आज रातिदेखि उक्त न्यून चापीय रेखा अझ तराई भूभाग नजिक आउने र केही दिनसम्म सोही क्षेत्रमा रहने भएकाले सो प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा–झरीको सम्भावना रहेको छ ।

हस्पिटालिटि तालिम लिने सोचमा हुनुहुन्छ, हेर्नुहोस सुचना

हस्पिटालिटि तालिम लिने सोचमा हुनुहुन्छ, हेर्नुहोस सुचना
काभ्रे - बनेपाबाट केहि समय अघिसम्म हस्पीटालिटि सम्बन्धि तालिम लिनका लागि काठमाडैंसम्म जानुपर्ने स्थिति थियो । तर, यस झंझटबाट अब छुटकारा मिलि सकेको छ । होटल सम्बन्धि प्रोफेसनल कुक, जेनेरल कुक, असिस्टेन्ट कुक, चाईनिज कुक, ईन्डियन कुक, कन्टिनेन्टल कुक, जेनेरल कुक, फास्ट सुड कुक, वेटर÷वेट्रेस, हाउस किपिङ एटेन्डेन्ट÷क्लिनर, बरिस्टा÷कफि मेकिङ, बेकरी, बार टेन्डर, होटल असिस्टेन्ट÷होटल मेनेजमेन्ट, होसस्टे ...

दिमागलाई तेज बनाउनका लागि दैनिक खानुहोस् यी ६ ब्रेन बुस्टर फुड्स

दिमागलाई तेज बनाउनका लागि दैनिक खानुहोस् यी ६ ब्रेन बुस्टर फुड्स
काभ्रेपलान्चोक - यदि तपाईंले समयसँगै आफूले कुराहरु बिर्सन थालेको छु भनेर महसुस गर्न थाल्नुभएको छ भने तपाईंले आफ्नो खानामा केही परिवर्तन ल्याउने बेला भएको छ भनेर बुझ्नुहोस् । आफ्नो खानामा एन्टी अक्सिडेन्ट्स, भिटामिन र ओमेगा थ्री फ्याटी एसिडले भरपुर खाद्यान्नलाई आफ्नो खानामा समावेश गर्नुपर्छ । यी तत्वले भरपुर खानाले तपाईंको स्मरण शक्तिलाई पक्कै पनि तेज बनाउनेछ । आउनुहोस्, हामीले के कस्ता खानेकुरा खा...

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, ‘चर्को कमिसनको चलखेल’

पेट्रोलियम पदार्थको मुल्य वृद्धि, ‘चर्को कमिसनको चलखेल’
काभ्रेपलान्चोक - निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा दुई दुई रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो ।आजबाट पेट्रोल १३०, डिजेल र मट्टीतेल समान ११३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १४५० रुपैयाँ पुगेको छ । विश्व वजारमा कच्च तेलको मूल्य घटेपछि...