कोरोना बाट आज २७ जनाको मृत्‍यु, ३,२७४ जनामा कोरोना संक्रमण

कोरोना बाट आज २७ जनाको मृत्‍यु, ३,२७४ जनामा कोरोना संक्रमण
काभ्रेपलान्चोक - कोरोना बाट आज २७ जनाको मृत्‍यु भएको छ भने ३,२७४ जनामा कोरोना संक्रमण भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय को को परे कार्वाहीमा हेर्नुस्

माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय को को परे कार्वाहीमा हेर्नुस्
काभ्रेपलान्चोक - नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारवाही गरेको छ । पार्टी विभाजन गर्ने तयारीमा रहेकाले माधव नेपालसहित १४ जनालाई कारबाही गरिएको एमाले कार्यालयले जानकारी दिएको छ । यी हुन् कारवाहीमा पर्ने सांसदहरू १. माधव नेपाल २. जीवनराम श्रेष्ठ ३. मुकुन्द न्यौपाने ४. विरोध खतिवडा ५. कृष्णलाल महर्जन ६. भवानी खापुङ ७. मेटमणी चौधरी ८. रामकुमारी झाँक्री ९...

अफगानिस्तानबाट उद्धार गरेको १२७ नेपाली काठमाडौंमा आइपुगे

अफगानिस्तानबाट उद्धार गरेको १२७ नेपाली काठमाडौंमा आइपुगे
काभ्रेपलान्चोक - अफगानिस्तानबाट उद्धार गरेको १२७ नेपाली काठमाडौंमा आइपुगेका छन् । अफगानिस्तानबाट उद्धार गरेर कतारको दोहा र कुवेतमा लगेर राखिएका १ सय २७ जना नेपालीलाई स्वदेश ल्याइएको छ । विहान साढे १० बजे जजिरा एयरलाइन्सको विमान कुवेतबाट काठमाडौँमा अवतरण भएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। अफगानिस्तानमा विद्रोही तालिवानले सत्ता कब्जा गरेपछि उत्पन्न प...

नमोबुद्धका तीन विद्यालयसँग स्पष्टीकरण माग

नमोबुद्धका तीन विद्यालयसँग स्पष्टीकरण माग
काभ्रेपलान्चोक – स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै भौतिक उपस्थितिमै विद्यार्थीलाई पढाउने नमोबुद्ध नगरपालिकाका तीन विद्यालयसँग स्पष्टीकरण माग गरिएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध नगरपालिका वडा नं ७ मा रहेका मर्निङस्टार प्रिस्कुल, नव प्रतिभा अंग्रेजी मावि तथा सगुन विद्या मन्दिर माविसँग के कति कारणले स्वास्थ्य मापदण्ड समेत पुरा नगरी विद्यार्थीको भौतिक उपस्थितिमै पढाई सञ्चालन गरेको हो भन्दै स्पष्...

बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङमा ह्विल लक

बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङमा ह्विल लक
काभ्रेपलान्चोक - बनेपाकाे चारदाेबाटाे देखि गाेदामचाेक सम्म अब्यबस्थित पार्किङ लाई ब्यबस्थित गरिएको छ । बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वर्ण शाक्य ,वडा सदस्य अनिल भैल, निमित्त जिल्ला टार्फिक प्रमुख चन्द्र श्रेष्ठ र स्थानीय ब्यापारीहरुको उपस्थितिमा भदौ १ गते वाट एक तर्फि मात्र पार्किङ गर्ने र पनाैति लाग्ने बस गाेदामचाेकमा राेक्ने निर्णय भए अनुसार उक्त कार्यको सुरुवात आज भन्दै १ गते बाट गर...

देउवालाई वास्कोटाको कटाक्षः दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन कम्फर्टेबल सरकार

देउवालाई वास्कोटाको कटाक्षः दुनियाँ भर मादल बज्दा पनि ब्युँझिएन कम्फर्टेबल सरकार
नेकपा एमालेका सांसद् एवम् पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ‘दुनियाँभर मादल वज्दा पनि वर्तमान सरकार ब्युँझिएन’ भन्दै कटाक्ष गरेका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा वोल्दै उनले अफगानिस्तानमा रहेका नेपालीको रक्षाको माग गरे। उनले दुनियाँले थाहा पाउँदा पनि अफगानिस्तान घटनाको विषयमा सरकारले थाहा नपाएको भन्दै कटाक्ष गरे । ‘सार्क राष्ट्रको अध्यक्ष, यस देशको प्रधानमन्त्री, कम्फर्...

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिनुभएको हो । मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली...

पनौतीमा मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर सम्पन्न

पनौतीमा मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर सम्पन्न
काभ्रे  – जिल्लाको पनौती नगरपालिकामा मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर सम्पन्न भएको छ । पनौती नगरपालिकाको समन्वयमा नगरपालिका भित्रका मानसिक स्वास्थ्य उपचारमा रहेका सबै नागरिकहरुलाई कोशिस नेपाल संस्थाद्धारा मानसिक स्वास्थ्य बहिरंङ्ग सेवा शिविर आज (आइतबार)सम्पन्न भएको हो । विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग, पनौती नगरपालिकाको समन्वयमा र कोशिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संग...

नमोबुद्धमा निर्मित दुईवटा प्रवेशद्वार उद्घाटन

नमोबुद्धमा निर्मित दुईवटा प्रवेशद्वार उद्घाटन
नमोबुद्ध - पर्यटकीय नगरी नमोबुद्धमा निर्माण गरिएका दुईवटा प्रवेशद्वारको आइतबार उद्घाटन गरिएको छ । नमोबुद्ध नगरपालिका वडा नं. १ फुलबारीमा निर्माण गरिएको नमोबुद्ध नगर प्रवेशद्वारा तथा वडा नं. ११ मा निर्माण गरिएको ऐतिहासिक एवं धार्मिकस्थल नमोबुद्ध मन्दिर परिसर प्रवेश गर्ने प्रवेशद्वारा एकैदिन उद्घाटन गरिएको हो । आइतबार आयोजित एक समारोहकाबीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले प्रवेशद्वारको उद्घाटन गर...

धुलिखेल ११ मा छ्योर्तेन निर्माण

धुलिखेल ११ मा छ्योर्तेन निर्माण
काभ्रेपलान्चोक -  जिल्लाको धुलिखेल नगरपालिका वडा न ११ डाडागाउमा छ्योर्तेन निर्माण सप्पन्न भएको छ । इमान्दार उपभोक्ता समितीले सानो सहयोगमै काम गर्न सक्छन् भन्ने उदाहरण बनेका छन्  । तामाङ समुदाय र बाम्हण समुदायसँगै मिलेर बस्दै एकअर्काप्रति उच्च सम्मान गर्ने धुलिखेल ११ डाडा गाउँमा बागमती प्रदेश सरकारको १० लाख सहयोगमा उपभोक्ता समितीले थेग्छेन ज्याम्पालिङ छ्योर्तेन गोन्पो निर्माण गरिएको हो । शनिबार...