वन्यजन्तु आतङ्क : काभ्रेलीको दीर्घकालीन समस्या
मण्डनदेउपुर नगरपालिका–१ नगरकोटस्थित हलेदेमा बँदेलले यो हप्ता सयौँ रोपनी जमिनको मकै खाँदै फाँडेर सखाप पारेको छ ।
बँदेलबाट अन्नबाली जोगाउन रातभरी आलोपालो कुरुवा बस्नुपरेको स्थानीयवासीले बताएका छन् । बँदेलको आतङ्कले गाउँलेसमेत डराउन थालेको स्थानीयवासी दीपक बस्ताकोटीले बताउनुभयो । “अन्नबाली मात्र होइन, मानिससमेत डराउनुपर्ने अवस्था सिर्जना भएको छ” उहाँले भन्नुभयो । विशेषगरी राति समूह समूहमा आएका बँद...