तेमालको सत्य नारायण मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमा मेला नलाग्ने
काभ्रे – कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लाको तेमाल गाउँपालिका वडा नं ५ स्थित नारायणस्थान मन्दिरमा यस वर्ष पनि जनैपूर्णिमामेला यस वर्ष नलाग्ने भएको छ । कोरोना महामारीका कारण तेमाल गाउँपालिकाले गत वर्ष पनि मेला स्थगित गरेको थियो ।
गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण संक्रमण रोकथाम र नियन्त्रणको निमित्त जात्रा नगर्न र नगराउन अनुरोध गरेका हुन् ।
...