जनमतका साथ मूल बाटोबाट फेरि आउँछु – ओली
काभ्रेपलान्चोक - प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफू मूल ढोकाबाट फेरि सरकारमा आउने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले आफू असाधारण जनमतका साथ मूल बाटोबाट आउने बताएका हुन् ।
’म मूल ढोका, मूल गेटबाट आउनेछु । फेरि पनि सुनिराख्नु भए हुन्छ असाधारण जनमतका साथ मूल बाटो बाट आउँछु,’ ओलीले भने ।
उनले आफूलाई राम्रो ग्रहदशाले नभएर नेपाली जनताले मत दि...