राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखालमा सम्मान
काभ्रेपलान्चोक - पाँचखालको माटोमा जन्मिएका राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई मंगलबार पाँचखालमा सम्मान गरीएको छ ।
नेपाल मानव अधिकार संगठन पाँचखाल नगरसमितिले पाँचखालमा जन्मिएर मानव अधिकारको क्षेत्रमा कर्मचारीको तर्फवाट सबैभन्दा माथिल्लो पोष्टमा पुगेको भन्दै सम्मान गरेको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, उपप...