कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर, ३५० लाभान्वित
कुशादेवीमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ५० जनाले लाभ लिनु भएको छ ।
लायन्स क्लबअफ काठमाण्डौं प्रोस्पेरिटीको मुख्य आयोजना तथा नेपाल मेडिकल कलेज काठमाण्डौंको प्राविधिक सहयोगमा पनौती २ कुशादेवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । पनौती नगरपालिका, नेपाल रेडक्रस सोसाइटी उपशाखा कुशादेवी, कुशादेवी युवा क्लब र हिमाल बहुउद्देश्यीस सहकारी संस्था लि.को संयुक्त आयोजना भएक...