नौलेक फाउण्डेशन द्धारा २ जना शिक्षकको भव्य बिदाई

नौलेक फाउण्डेशन द्धारा २ जना शिक्षकको भव्य बिदाई
  नौलेक फाउण्डेशनद्धारा संचालित दुई जना शिक्षकलाई बिदाई तथा फेरी भेटौला कार्यक्रम मार्फत बिदाई गरिएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित पैयाँ गाउँपालिकामा विगत ४२ वर्ष देखी सुरुवात गरिएको विद्यालय नौलेक प्राथमिक विद्यालयका दुई शिक्षक कान्डि शेर्पा र जाङबु शेर्पालाई ससम्मान बिदाई गरिएको छ । नौलेक फाउण्डेशनको अधिक सहयोगमा सो विद्यालयमा विगत १० वर्ष देखी शिक्षक पेसामा रहदै ...

प्रेस चौतारी काभ्रेले मनायो २५ औँ स्थापना दिवस

प्रेस चौतारी काभ्रेले मनायो २५ औँ स्थापना दिवस
बनेपा - प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवस प्रेस चौतारी काभ्रेले भव्य रुपमा मनाएको छ । प्रेस चौतारी काभ्रे शाखाले धनेश्वर मन्दिर परिसरमा व्यापक सरसफाई गरि मनाएको हो । प्रेस चौतारी नेपाल काभ्रे शाखा अध्यक्ष भुवन रायमाझीको संयोजकत्वमा सरसफाई गरिएको हो । वृहत सरसफाई कार्यक्रममा नेकपा एमाले काभ्रेका सचिव राजन भुर्तेल, सह-सचिव राजकुमार सापकोटा, प्रेस चौतारी काभ्रेका सल्ल...

बेथानचोकका कुकुरलाई बन्ध्याकरण र रेविजको सुइ

बेथानचोकका कुकुरलाई बन्ध्याकरण र रेविजको सुइ
बेथानचोक  - बेथानचोक गाउँपालिकामा घरपालुवा तथा सामुदायिक कुकुरहरुको बन्ध्याकरण र रेविज बिरुद्ध खोप प्रदान गरिएको छ । पालिका भित्र रहेका सामुृदायिक तथा घरमा पालिएका कुकुरहरुको बन्ध्याकरण गरिएको छ । बेथानचोक गाउँपालिकाको कार्यालय तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको आयोजना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलको समन्वयमा कार्यक्रम भएको हो । बन्ध्याकरण उद्घाटन कार्यक्रममा बे...

२ वटा विद्यालयलाई शैक्षिक सामग्री

२ वटा विद्यालयलाई शैक्षिक सामग्री
  ढुंखर्क । बेथानचोक गाउँपालिका स्थायी बसोबास भइ हाल दक्षिण कोरियामा रोजगारी गरिरहेका युवाहरुद्वारा २ वटा विद्यालयमा प्राथमिक तहका सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ३ मा रहेका जनप्रिय प्राथमिक विद्यालय र गोरखनाथ प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । बेथानचोक गाउँपालिका स्थायी बसोबास भइ हाल दक्षिण ...

धुलिखेल–९, का ३ सय नागरिक एकै पटक सम्मानित

धुलिखेल–९, का ३ सय नागरिक एकै पटक सम्मानित
धुलिखेल - धुलिखेल नगरपालिका, ९ नं. वडा कार्यालय काभ्रेपलाञ्चोकले वडाका जेष्ठ नागरिक र लामो समयसम्म राजनितिक, सामाजिक, धार्मिक एवं सरकारी सेवामा सर्मपित रहेका वडा बासीहरुलाई एक साथ सम्मान गरेको छ । शनिबार वडा कार्यालयले काभ्रेभञ्ज्याङमा आयोजना गरेको सामाजिक व्यक्तित्व तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा दुई दर्जन भन्दा बढी सामाजिक व्यक्तित्व र २ सय ५० जना भन्दा बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो...

बिशिष्ठ कलाकार रबिन्द्र खड्का द्वारा पुन: कलाकार संघमा अध्यक्षको दाबि

बिशिष्ठ कलाकार रबिन्द्र खड्का द्वारा पुन: कलाकार संघमा अध्यक्षको दाबि
काठमाडौं : २०७९ चैत्र ४ गते हुन लागेको नेपाल चलचित्र कलाकार संघको महाधिवेशनमा बर्तमान अध्यक्ष रबिन्द्र खड्काले पुन अध्यक्ष पदको उम्मेद्वारी घोषणा गरेका छन्। उनले सामाजिक संजाल फेसबुक मार्फत पुन: अध्यक्ष पदमा उम्मेद्वारी दिने औचित्य प्रस्टायका छन्। संघको विकास र चलचित्र क्षेत्रमा बिद्यमान बेथिती कम गर्दै समग्र नेपाली चलचित्रलाई माथी उठाउने उद्देश्य राखेर नेतृत्वमा पुगेका रबिन्द्र खड्का कोभिड-१९ को ...

बेथानचोकमा कुकुरहरुको बन्ध्याकरण गरिने

बेथानचोकमा कुकुरहरुको बन्ध्याकरण गरिने
ढुंखर्क । बेथानचोक गाउँपालिकामा घरपालुवा तथा छाडा कुकुरहरुको बन्ध्याकरण गरिने भएको छ । बेथानचोक गाउँपालिकाको कार्यालय तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टरको आयोजना र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धुलिखेलको समन्वयमा कार्यक्रम हुन लागेको वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । बेथानचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा छाडा कुकुरहरुलाई लक्षित गरि कुक...

ईप्सन ओलम्पिकमा विमल प्रथम, मदरल्याण्ड दाेस्राे

ईप्सन ओलम्पिकमा विमल प्रथम, मदरल्याण्ड दाेस्राे
भक्तपुर/निजी विद्यालयकाे संगठन ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६-१८ गते सम्पन्न गरेको छ । विभिन्न ७ वटा विधामा प्रतिस्पर्धा गरिएको ईप्सन ओलम्पिकमा ग्लोबल स्कुल प्रथम, मदरल्याण्ड स्कुल द्धितीय, सूर्योदय स्कुल र ईडेन गार्डेन स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका थिए । ईप्सन ओलम्पिकको समापन तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि जिल्ला खेलकूद विकास समितिका अध्...

पनौती रंगशालामा माघ २० गते बृहत खेलकुद महोत्सव हुँदै

पनौती रंगशालामा माघ २० गते बृहत खेलकुद महोत्सव हुँदै
  पनौती । जिल्ला समन्वय समिति र जिल्ला खेलकुद समिति काभ्रेपलाञ्चोकको आयोजनामा यही माघ २० गते शुक्रबार वृहत खेलकुद महोत्सव हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता विषयमा जानकारी दिनुहँदै जिल्ला समन्वय प्रमुखले महोत्सवमा ११ खेलको आयोजना गरिने जानकारी दिनुभयो । महोत्सवमा जिल्...

जन्मदिनको अवसरमा वृद्ध आश्रममा सहयोग

जन्मदिनको अवसरमा वृद्ध आश्रममा सहयोग
काभ्रेपलान्चोक - पछिल्लो समय आफ्नो जन्म दिनलाई धेरैले भड्किलो तवरले मनाउने गरेका छन् ।धेरै रकम खर्च गरेर पार्टी प्यालेसमा जन्म दिन मनाउने चलन बढ्दो छ ।तर केहीले भने जन्म दिनलाई बृद्धाश्रम र विद्यालयमा मनाउने गरेका छन् । बनेपा नगरपालिका ३ निवासी रोहित दंगालले जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा खाद्यान्न सहयोग गर्नुभएको छ । हाल अस्ट्रेलियामा रहेर पनि नेपालमा सहयोग गर्नु भएको छ ।  रोहित दंगा...