जिल्ला सहकारी संघ लि.को ४१ औं बार्षिक साधारणसभा सम्पन्न

जिल्ला सहकारी संघ लि.को ४१ औं बार्षिक साधारणसभा सम्पन्न
बनेपा - काभ्रे जिल्ला सहकारी संघ लि.को ४१ औं बार्षिक साधारणसभा आज पौष २३ गतेका दिन राष्ट्रिय सहकारी बैंक लि.का नव निर्बाचित अध्यक्ष के.बि उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ७ करोडको लगानीमा निर्माण भएको आफ्नै सुविधा सम्पन्न भवनमा भएको उक्त साधारणसभाको सभापतित्व संघका अध्यक्ष दिलिप शर्माले गरेका थिए । अण्डग्राउण्ड पार्किंग सहित ५ ढलान सहित निर्माण भएको उक्त भवनमा जिल्ला सहकारी संघ लि.मा आ...

खाेला खाल्सी पछि बिक्रमकाे माइला

खाेला खाल्सी पछि बिक्रमकाे माइला
धुलिखेल, चर्चित लाेक दाेहाेरी गायक बिक्रमजंग शाहले खाेला खाल्सीकाे सफलता पछि माइला बजारमा ल्याएका छन् । चलचित्र निर्माता समेत रहेका कलाकार, लाेक दाेहाेरी गायक बिक्रमजंग शाहले अाफ्नाे नविनतम काेसेली ‘माईला’ सार्वजनिक गरेका छन् । बिक्रमजंग शाहकाे सुमधुर स्वर रहेको माईलामा शाहलाई गायिका अस्मिता अधिकारीको स्वरमा साथ दिएकी छिन् । शाहको शब्द, संगित रहेको माइलामा रामकुमार नेपालीको संगित एरेञ्ज रहेको छ । ...

पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण

पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण
पाँचखाल नगरपालिकाको समन्वय तथा उज्यालो नेपालको सहयोगमा पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बिच पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले विद्यालयका प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामग्री हस्तान्तरण गरेका हुन । प्रधानाध्यापकहरुलाई प्रविधिमैत्री सामग्रील्यापटप, टिभी, प्रोजेक्टर, प्रिन्टर तथा कक्षा कोठा व्यवस्थापनका सामाग्री हस्तान्तरण भएको थियो । ...

ज्ञानमणी नेपाललाई दोस्रो राष्ट्रिय धरोहर सम्मान

ज्ञानमणी नेपाललाई दोस्रो राष्ट्रिय धरोहर सम्मान
दशौ राष्ट्रिय पोशाक दिवसको अवसर पारेर इतिहासविद् तथा संस्कृतिका ज्ञाता ज्ञानमणी राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले दोस्रो राष्ट्रिय धरोहर सम्मान–२०७९ले विभुषीत गरेको छ। विगत एक दशकदेखी नेपालको औपचारिक राष्ट्रिय पोशाक हुनुपर्ने माग राख्दै सडकमा साँस्कृतिक आन्दोलन गर्दै जनसमुदायमा जागरण गराउँदै आएको प्रतिष्ठानले गत पौष १७ गते अर्थात विदेशी नयाँ बर्षको दिन पोशाक दिवसको अवसरमा जिवनकाल भरि राष्...

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न थप पहल गर्ने

नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न थप पहल गर्ने
भकुण्डेवेशी -  नमोबुद्ध नगरपालिकाले ऐतिहासिक नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न आवस्यक प्रकृया अघि बढाई थप पहल गर्ने निर्णय गरेको हो । दोस्रो नगर सभाको दोस्रो अधिवेशनले नमोबुद्ध नगरपालिका –११ स्थित धार्मिक, एतिहासिक, पुरातात्विक, सास्कृतिक, वातावरणीय तथा प्राचिन महत्व बोकेको विश्व प्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरपालिकाले निर्माण गरेको दीर्घकालीन ...

नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको सभापतिमा राज कुमार हुमागाई निर्वाचित

नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको सभापतिमा राज कुमार हुमागाई निर्वाचित
काभ्रेपलान्चोक - बुधबार सम्पन्न नेपाल रेडक्रस सोसाइटी काभ्रे उपशाखाको अधिवेशन बाट सभापतिमा राज कुमार हुमागाई निर्बिरोध निर्वाचित हुनु भएको छ ।  यसैगरी उपशाखाको उपसभापतिमा सुबिना सिग्देल र सचीवमा मोहन प्रसाद हुमागाई, कोषाध्यक्षमा राम भक्त हुमागाई, उप-सचीवमा उदय प्रकाश गिरी, सह-कोषाध्यक्षमा राजेन्द्र प्रसाद सिग्देल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा सपना हुमागाई, रामचन्द्र होमेगाई, राम कृ...

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास
बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको  एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष भगवान अधिकारीले शिलान्यास गर्नु भएको छ । बेथानचोक गाउँपालिकाको वडा नं. ४ स्थित गुम्बुडाँडामा अस्पतालको शिलान्यास गर्नु हुँदै अधिकारीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले नागरिकको स्वास्थ्य प्रति गाउँपालिका गम्भीर भएर लागि गर्ने बताउनु भयो । गुम्बुडाँडा सबै वडाहरुलाई पायक पर्ने स्थान भएको बताउँदै उहाँले अस्पत...

नमोबुद्धमा शीत भण्डार स्थापना

नमोबुद्धमा शीत भण्डार स्थापना
भकुण्डेवशी -  नमोबुद्ध नगरपालिका –३, दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीत भण्डार (कोल्ड स्टोर) निर्माण थालिएको छ । उक्त शीत भण्डार नगर क्षेत्रकै पहिलो हो । शीत भण्डार सञ्चालनमा आएपछि नमोबुद्धका अलावा छिमेकी रोशी, तेमाल, महाभारत गाउँपालिकाका कृषक समेत लाभान्वित हुनेछन् । यसअघि अन्न भण्डारणकै लागि महंगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता छ । नगरपालिकामा सञ्चालित जलवायु...

मदरल्याण्डका पाँच विद्यार्थीलाई पदक

मदरल्याण्डका पाँच विद्यार्थीलाई पदक
भक्तपुर/भारतको चेन्नईमा २०२२ डिसेम्वर २७ र २८ मा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको टिमबाट सहभागि मदरल्याण्ड स्कुलका ५ विद्यार्थीहरुले स्पारिगं र प्याटर्न दुवै विधामा पदक जित्न सफल भएका छन् । मल्यारल्याण्डका पदक विजेता विद्यार्थीलाई मदरल्याण्ड स्कुल भक्तपुरले विद्यालयमा बधाई तथा शुभकामना प्रदान गरेको छ । विद्यालयमा खेलाडी तथा अभिभावकहरुलाई शुभकामना सहित सम्मान गरिएको थियोे...

बिपि राजमार्गमा काभ्रे ट्राफिक प्रहरीद्वारा सवारी साधनलाई कार्वाही

बिपि राजमार्गमा काभ्रे ट्राफिक प्रहरीद्वारा सवारी साधनलाई कार्वाही
बनेपा - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ । सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बिपि राजमार्गमा चल्ने विभिन्न ५४ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको हो । यान्त्रिक परिक्षण तथा चेकजाँच कार्यक्रममा २५ वटा सवारीसाधन लाई कार्वाही गरिएको छ । जस बाट ...