फेसबुककी केटी
फेसबुककी केटी
कथा नबराज बजगाई
मेरो फेसबुक च्याट बक्समा आएको तेस्रो हेल्लो थियो त्यो । चाहे न नचाहे मैले रेस्पोन्स गर्नै थियो । हजुर म अलिक बिजी छु । मेरो जवाफले सायद काम ग¥यो । हुन त मैले त्यो जवाफ दिनु थिएन । किनकी फेसबुकमा जोडिएका भाई साथी इष्ट मित्र र चिनजानी नै थिए । फेरी म कसरी व्यस्त भएँ । ताकि दैनिक ४–६ घण्टा नेटमा रुमल्लिनु मेरो आदत नै थियो । भलै मेरा साथी धेरै थिए, सबैसँग कुरा गर्...