बेथानचोक दुर्घटना बेथानचोक गाउँपालिकामा शोक बिदा
बेथानचोक गाउँपालिकाले वडा नं. ४ चलाल गणेशस्थान नजिक दुर्घटनामा परी १७ जनाको अकल्पनीय मानवीय क्षती भएकोमा दुःख व्यक्त गर्दै एक दिन शोक बिदा गरेको छ ।
बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार राति दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीद्वारा बुधबार जारी गर्नु भएको शोक विज्ञप...