मंसिर ४ दलहरूबाट देशलाई भ्रष्टाचारकाे दलदलबाट मुक्त गर्ने अवसरकाे दिन : लिङ्देन
भकुण्डे/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मंसिर ४ गते दलहरुबाट देशलाई भ्रष्टाचारकाे दलदलबाट मुक्त गर्ने अवसरकाे दिन भएको बताए ।
भकुण्डेमा अायाेजित तीज बिशेष कार्यक्रममा बाेल्दै अध्यक्ष लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताए । लिङ्देनले आसन्न निर्वाचन लक्षित गर्दै पटकपटक असफल भएका भ्रष्ट नेतालाई होइन, एकपटक राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहयोग गर्न ...