भुम्लुका किसानलाई जैविक मल बनाउने प्रशिक्षण
काभ्रेको कोशिपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानहरुलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्नका लागि जैविक मल बनाउने प्रशिक्षण शुरु गरेको छ । किसानले खेतीको समयमा मल खरिद गर्नसमेत नपाएपछि समस्या व्यहोर्नुपरेको अवस्था रहेको भन्दै गाउँपालिकाले जैविक मल उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्धेश्यले सो तालिम दिन शुरु गरेको हो ।
तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छि ...