घटना दर्ता सत्त प्रतिशत बनाउन पनौती नगरपालिका टोल टोलमा

घटना दर्ता सत्त प्रतिशत बनाउन पनौती नगरपालिका टोल टोलमा
काभ्रेपलान्चोक - पनौती नगरपालिकामा मिति २०७८/१२/२७ गते देखि घटना दर्ता शिविर सञ्चालन भएको छ। १२ वटा वडा रहेको पनौती नगरपालिकमा उक्त घटना दर्ता शिविर २०७९/०१/०८ गते सम्म चल्ने र अहिले सम्म १,२,३ ,४,५,७,८र १२ न वडामा शिबिर सन्चालन भइ रहेको र अब बाकीँ रहेका ४ वटा  वडाहरू पनि आगामी ६ गतेबाट भेगिए हिसाबले सबै वडाहरूमा ३ देखि अावश्यकता अनुसार ५ ठाँउसम्म घटना दर्ता शिविर सञ्चालन हुने  कुराक...

बनेपाको प्रहरी प्रमुख सरुवा

बनेपाको प्रहरी प्रमुख सरुवा
काभ्रेपलान्चोक - इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोइराला सरुवा हुनु भएको छ । कोइराला ट्राफिक अपराध अनुसन्धान शाखा सरुवा हुनु भएको हो । अब इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक नारायण थापा आउदै हुनुहुन्छ । उता जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठ पनि सरुवा हुनु भएको छ । श्रेष्ठ प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्ध...

प्रेम प्रस्ताब धेरैले राख्छन – नायिका तथा मोडल करुणा 

प्रेम प्रस्ताब धेरैले राख्छन – नायिका तथा मोडल करुणा 
  काभ्रेपलाञ्चोक, मिलेको शरीर, नरम स्वभाव, हसिलो अनुहार भएकी अभिनय र नृत्यमा पोख्त नायिका तथा मोडल करुणा बस्नेत नेपाली जनता माझ चर्चित नाम हो । दोलखाको स्थायी बासिन्दा करुणा काठमाडौँमा रहेर संघर्षको पाइलाहरु अगाढी बढाउदै छिन् । विभिन्न पेशा ब्यबसायमा आबद्ध रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल उनि पछिल्लो समय सिने क्षेत्रमा ब्यस्त भएकी छिन् । भर्खरै मात्र राजधानीमा सम्पन्न भएको दोस्रो नेपाली ...

बनेपाका देव कुमार कायस्थ एमाले प्रवेश

बनेपाका देव कुमार कायस्थ एमाले प्रवेश
काभ्रेपलान्चोक - स्थानीय चुनाव नजिक आउनै लाग्दा युवाहरुको आकर्षणको केन्द्र बिन्दु नेकपा एमाले बनेको छ । पछिल्लो समय युवाहरु नेकपा एमालेमा प्रवेश गर्ने लर्को लागेको छ । दिन प्रति दिन नेपाली कांग्रेस, माओवादी, समाजवादी लगायत अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढदै गएको हो । बनेपाका सफल युवा देव कुमार कायस्थ एमाले प्रवेश गर्नु भएको छ । आज बनेपामा आयोजित कार्यक्रममा एमा...

भोमी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भोमी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काभ्रेपलान्चोक - जिल्लाको बनेपा नगरपालिका वडा नं १० मा सञ्चालित भोमी अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । भोमी अस्पतालको आयोजनामा आज (शनिबार) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविर बनेपा नगरपालिका वडा नं ८ स्थित तीनधारा डबली चोकमा सञ्चालन गरिएको थियो । शिविरबाट १ सय ५० जनाले स्वास्थ्य लाभ लिएको अस्पतालका निर्देशक सगुन कायष्थले जानकारी दिए । उनका अनुसार श...

बनेपाको प्रभात बचतले गर्यो खेलाडीहरु लाई पोशाक वितरण

बनेपाको प्रभात बचतले गर्यो खेलाडीहरु लाई पोशाक वितरण
  काभ्रेपलान्चोक  - आजको बचत भोलिको उज्वल भविष्य भन्ने मुल नाराको साथ प्रभात बचत तथा ऋण सहकारी संस्थाले बेथानचोक गाउँपालिका वडा नं. ६ भुग्देउको श्री सरस्वती माध्यमिक विद्यालयको विद्यार्थीहरु लाई तेक्वान्दो पोशाक वितरण गरेको छ । आज संस्थाका अध्यक्ष सागर नाथ कपालिले विद्यार्थी लाई तेक्वान्दो पोशाक हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सा...

काँग्रेस सभापति तिर्थ लामाका भाइ सूर्यद्वारा वागी उम्मेदवारी घोषणा

काँग्रेस सभापति तिर्थ लामाका भाइ सूर्यद्वारा वागी उम्मेदवारी घोषणा
  आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि रोशी गाउँपालिका वडा नं. ६ बाट काँग्रेस सभापति तिर्थ लामाको भाइ सूर्य मोक्तान (कुण्डले)ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पार्टी भित्रको इमान्दार र कुशल व्यक्तिलाई पार्टीले उम्मेदवार नबनाएको कारण भन्द्र मोक्तानले वागी उम्मेदवारको रुपमा आफूलाई घोषणा गरेका हुन् । काँग्रेसको काभ्रे क्षेत्र नं. १ का क्षेत्रिय प्रतिनिधि समेत रहेक...

अपाङ्गता भएका महिलालाई धुलिखेलमा मतदाता शिक्षा

अपाङ्गता भएका महिलालाई धुलिखेलमा मतदाता शिक्षा
धुलिखेल – अधिकारको लागी अभियान प्रभावकारी नीतिनिमार्णकालागि अपांगता महिलाहरुको सशक्तिकरणका लागी जिल्ला स्तरीय मतदाता शिक्षा तालिम धुलिखेलमा शुक्रबार भएको छ । तालिम नेपाल अपांग महिला संघ काभ्रेको आयोजनामा अधिबक्ता कृष्ण प्यारि नकर्मि तथा अपांग महिला महासंघका महासचिव पम्फा पुकुर्टि सहित सविना धितालको सहजिकरणमा भएको हो । कार्यक्रममा अपांगहरुले निर्वाचनको समयमा मतदानको लागि आवश्यक शिक्षा प्रदान गरिएक...

मदरल्याण्डमा टाइफाइड रोग विरुद्धको खोप सम्पन्न

मदरल्याण्डमा टाइफाइड रोग विरुद्धको खोप सम्पन्न
भक्तपुर/चैत्र २५, मदरल्याण्ड स्कुलमा १५ महिना देखि १५ वर्ष मुनीका बालबालिकाहरुलाई टाइफाइड रोग विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ । टाइफाइड रोग विरुद्ध खोप अभियान २०७८/०७९ अन्तर्गत आज नंखेल स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न उक्त खोप कार्यक्रममा सुनपा ९ का वडाध्यक्ष उपेन्द्र राज केसीको समुपस्थितमा उदघाटन गरी सुरु गरिएको थियो । कक्षा प्रि नर्सरी देखि कक्षा १० सम्म अध्ययनरत १५ वर्ष सम्मका २६६ जना...

बनेपा वडा नं. ८ मा प्रमुख उम्मेदवार र राजनीतिक स्थिति

बनेपा वडा नं. ८ मा प्रमुख उम्मेदवार र राजनीतिक स्थिति
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं. ८ मा प्रमुख राजनीतिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेसले नै टिकटमा सर्वसहमत गराएको छ । नेकपा एमालेबाट श्याम मानन्धर र नेपाली कांग्रेसबाट शुभ लक्ष्मी मानन्धर नै सर्वसहमत भएका हुन् । वडा अध्यक्षका दुई वटै उम्मेदवार गत निर्वाचनभन्दा फरक उम्मेदवार हुन् । गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दान बहादुर मानन्धरले निर्वाचनमा जीत हाशिल गरेका थिए । गत निर्...