स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
स्थानीय तहको निर्वाचनका लागि आगामी २०७९ वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको...

हर्ष र सद्भावको पर्व होली, आज र भोली (होली राैनक फोटो फिचर)

हर्ष र सद्भावको पर्व होली, आज र भोली (होली राैनक फोटो फिचर)
काठमाण्डौँको वसन्तपुरमा चिर (फागुन शुक्ल अष्टमीका दिन बाँसको लिंगोलाई विशेष ध्वाजाहरु सहित) गाडिए पछि शुरु भइ पुर्णिमाका दिन सम्म पहाडमा र त्यसको भोलिपल्ट तराईमा मनाइने होली पर्व शुरु भएको छ । रंगीन पर्व र साँस्कृतिक महत्व बोकेको होलीलाई विशेष गरी हर्ष र सद्भावका रुपमा मनाइने गरिन्छ । प्रकृतिले रुप बदल्ने याम अर्थात वसन्त ऋतुको आगमनसँगै पर्ने यो पर्व नेपाल भारत, पाकिस्तान, श्रील...

बनेपाको साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास

बनेपाको साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास
काभ्रेपलाञ्चोक - बनेपा नगरपालिका वडा नम्बर १४ र १३ मा बृहत् एकिकृत खानेपानीको शिलान्यास गरिएको छ । आज बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले साँगामा बृहत् एकिकृत खानेपानीको शिलान्यास गर्नु भएको हो । नगर प्रमुख बादेका अनुसार उक्त खानेपानी बाट पाँच हजार भन्दा धेरै मानिस लाभान्वित हुने जानकारी दिनु भयो । उहाँले बनेपा नगरका १३ र १४ वडाका सम्पूर्ण घर धुरीलाई खानेपानी पुग्ने बताउनु भयो ...

प्लटिङबारे समयमै नसाेचे ठूलो खतरा : सांसद सुवाल

प्लटिङबारे समयमै नसाेचे ठूलो खतरा : सांसद सुवाल
  भक्तपुर -  नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघिय सांसद प्रेम सुवालले अवैधानिक प्लटिङ बारे समयमै नसाेचे भविष्यमा ठूलाे समस्या निम्तने बताए । साईनिङ ई सेकेण्डरी स्कुलको २९ औं बार्षिकोत्सवमा प्रमुख अतिथि बन्न पुगेका सांसद सुवालले कार्यक्रममा सम्बाेधन गर्ने क्रममा उक्त विषयबारे बाेल्दै प्लटिङ भविष्यमा ठूलो खतरा बन्ने बताएका हुन् । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको पकुन...

रोशीका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम

रोशीका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम
काभ्रेपलान्चोक - जिल्लाकोहलपुर  रोशी गाउँपालिकाका जनप्रतिनिधिलाई आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान अन्तर्गत रोशी गाउँपालिकाका जनप्रतिनिधिसँग आयुर्वेद जीवनशैली एवं योग शिक्षा कार्यक्रम सञ्चालन गरेको होे। जिल्ला आयुर्वेद केन्द्र बनेपा काभ्रेको समन्वय एवं प्राविधिक सहयोगमा रोशी गाउँपालिका आयुर्वेद शाखा, मंगलटार आयुर्वेद औषधालय...

भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गरे फलाँटेमा फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन

भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले गरे फलाँटेमा फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन
बनेपा - काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं ७ स्थित फलाँटेमा फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गरिएको छ । आज भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन गर्नु भएको छ । नवनिर्मित फलाँटे सामुदायिक स्वास्थ्य इकाई भवनको उद्घाटन यहीँ फाल्गुण ३० गते गरिएको हो । गाउँपालिकाको वडा नं ७ का अध्यक्ष रमेश राज खरेलको अध्यक्षतामा भुम्लु गाउँपालिक...

पर्यटकीय क्षेत्र बनेपा नगरपालिका वडा नम्बर २ मा नगरकाेट प्रबेश द्वार गेटकाे शिलान्यास

पर्यटकीय क्षेत्र बनेपा नगरपालिका वडा नम्बर २ मा नगरकाेट प्रबेश द्वार गेटकाे शिलान्यास
काभ्रेपलान्चोक - धार्मिक तथा पर्यटकीय क्षेत्र नगरकोटमा प्रवेशद्वार बन्ने भएको छ । काभ्रे र भक्तपुरको सीमा नाकामा बनेपा नगरपालिकाले प्रवेशद्वार बनाउन लागेको हो ।आज बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले शिलान्यास गर्नु भएको छ । उक्त शिलान्यास कार्यक्रमको उप-प्रमुख रेखा सापकोटा दाहाल, ३ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद दाहाल, ४ नम्बर वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, कार्यपालिका सदस्य ईन्दिरा मिजार, ...

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने

ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने
काभ्रेपलान्चोक - ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । पछिल्लो समय शेयर खुल्ला नभएको बेला ग्रीन भेन्चर्स लिमिटेडले खुल्ला गरेको छ ।        कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गर्न लागेको हो।

प्रकाश सपुतको ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने : प्रचण्ड

प्रकाश सपुतको ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने : प्रचण्ड
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’को विषयलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिने क्रममा प्रचण्डले त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताए । प्रचण्डले भने, ‘मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन ...

चीनद्वारा रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन

चीनद्वारा रुसले सैन्य एवं आर्थिक सहयोग मागेको दाबी खण्डन
काठमाडौं – रुसले सैन्य एवं आर्थिक सहयोग मागेको अमेरिकी अधिकारीको दाबीलाई चीनले खण्डन गरेको छ ।अमेरिका दुई जना अधिकारीले विभिन्न पत्रिकामा आएका विवरण अनुसार युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेलगत्तै रुसले चीनसँग ड्रोनसहित सैन्य एवं आर्थिक सहयोग मागेको दाबी गरेका थिए । तर उक्त दाबीलाई अमेरिकास्थित चिनियाँ दूताबासले खण्डन गरेको छ । चिनियाँ दूताबासका प्रवक्ता लिउ पेङयूले सैन्य ...