पनौती मकर मेलामा सञ्चालन भएको हेल्थ क्याम्पले दियो धेरै सेवा सुबिधा

पनौती मकर मेलामा सञ्चालन भएको हेल्थ क्याम्पले दियो धेरै सेवा सुबिधा
  काभ्रेपलान्चोक - पनौतीमा १२ बर्षमा लाग्ने मकर मेलालाइ लक्षित गरेर स्मार्ट हेल्थ नेपालले माघ महिना भर पनौती बसपार्क ,ब्रम्हायणी मन्दिर, परिसर र बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा हेल्थ क्याम्प सञ्चालन गरेको छ। स्मार्ट हेल्थ नेपालको आयोजनमा माघ महिनाभर पनौती बसपार्क, ब्रम्हायणी मन्दिर परिसर र बाँसघारीमा रहेको मुक्तिनाथ मन्दिरमा सञ्चालन भएको उक्त क्याम्पमा पनौती नगरपालिका , पनौती प्रहरी...

सभापतिहरुलाई काँग्रेसको प्रशिक्षण

सभापतिहरुलाई काँग्रेसको प्रशिक्षण
बनेपा, नेपाली काँग्रेस काभ्रेले पालिका र वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको छ । फागुन १ देखि ७ गते सम्म हुने अभियानको क्रममा काँग्रेस काभ्रेले १३ पालिका सभापति तथा १ सय ३५ वडा सभापतिहरुलाई एक दिवसीय प्रशिक्षण दिएको हो । सहभागिहरुलाई नेपाली काँग्रेसले निर्वाचनमा गर्नुपर्ने भूमिका, संगठन निर्माण, उम्मेदवार छनौट, सभापतिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराइएको थियो । जिल...

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता
बनेपा, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९वैशाख ३० गते गर्ने निर्णय गरेसंगै बिभिन्न तयारी थालेको छ । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्...

ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित, जिल्ला ट्राफिक प्रहरी काभ्रे

ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित, जिल्ला ट्राफिक प्रहरी काभ्रे
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेमा प्रमिला श्रेष्ठ आए देखी हाल सम्म पनि आफ्नो गतिविधि लाई तीव्रता दिदै ट्राफिक नियम पालना र सचेतना अभियानमा अब्बल स्थापित भएको देखिन्छ । सरुवा भएर आए लगत्तै श्रेष्ठले राजमार्गमा ध्वनी प्रदुषण गर्ने अर्थात् प्रेसर हर्न निकालेर आफ्नो काम देखाउँनु भएको थियो भने आज भोलि सम्म पनि यस कामलाई निरन्तरता दिनु भएको छ। आज पनि ठाउँ ठाउँमा रहेका ट्राफिक प...

मदरल्याण्डमा माेडर्नाकाे दाेस्राे डाेज

मदरल्याण्डमा माेडर्नाकाे दाेस्राे डाेज
  भक्तपुर - मदरल्याण्ड स्कुल भक्तपुरमा कोभिड-१९ विरुद्ध दोश्रो चरणको मोडर्ना खोप सम्पन्न भएको छ । १२ वर्ष देखि १७ वर्ष उमेर समुहका मदरल्याण्डका २ सय ४९ जना विद्यार्थीहरुलाई कोभिड-१९ विरुद्धको दोश्रो चरणको Moderna खोप लगाइएको विद्यालयले जनाएको छ । नंखेल स्वास्थ्य चाैकीकाे समन्पयमा विद्यालयमा नै खोप केन्द्र राखी खाेप लगाइएको मदरल्याण्ड स्कुलका संस्थापक प्रिन्सिपल संजय खड्काले जानकारी दिए । ...

राष्ट्रिय युवा संघ नेपाल, र अनेरास्ववियु काभ्रेले देखायो सभामुख सापकोटालाई कालो झण्डा, धुलिखेलमा सेना परिचालन

राष्ट्रिय युवा संघ नेपाल, र अनेरास्ववियु काभ्रेले देखायो सभामुख सापकोटालाई कालो झण्डा, धुलिखेलमा सेना परिचालन
काभ्रेपलान्चोक- राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेले सभामुख अग्नि प्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । आज बिहीवार धुलिखेलस्थित बिपी राजमार्गमा कालो झण्डा देखाएको हो । एमसीसीको खारेजी, एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेको लगायतका विषयलाई लिएर काभ्रेका विद्यार्थीले कालो झण्डा देखाएका हुन् । उक्त स्थानमा नेपाली सेनानै परिचालन गरेको थियो भने विरोध पछि विद्यार्थी र...

इमर्जिङ नेपालको आईपीओ खुल्यो

इमर्जिङ नेपालको आईपीओ खुल्यो
काभ्रेपलान्चोक – इमर्जिङ्ग नेपाल लिमिटेडले आज देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। उक्त आईपीओको लागि फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ खुला गरेको हो ।  

बनेपा पुलबजारको आर्यघाट निर्माणको लागी सहयोग गर्ने अपिल

बनेपा पुलबजारको आर्यघाट निर्माणको लागी सहयोग गर्ने अपिल
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाले पछिल्लो समय बिकास निर्माणको काम लाई तिब्रता दिएको छ । सडक, पुल, खानेपानी, आर्यघाट लगायतका बिकास निर्माणको काम भैरहेका छन् । बनेपाको पुल बजारमा रहेको थाचुँ घाट (दिप) निर्माणको लागि बनेपा नगरपालिकाले बजेट विनियोजन गरि काम अगाडि बढाएको छ ।    थाचुँ घाट (दिप) निर्माणको लागि बनेपा नगरपालिकाले ३७ लाख खर्च गर्ने भएको छ भने ४ लाख ४७ हजार उपभोक्ता मार्फत उठाउने भएक...

पनौती नगरपालिकाले जित्यो कृषकहरुको मन   

पनौती नगरपालिकाले जित्यो कृषकहरुको मन   
 काभ्रेपलान्चोक - विगत ३ वर्षदेखि निरन्तर भैँसी संरक्षण तथा संवर्द्धनका कार्यक्रम गर्दै आएको पनौती नगरपालिकाले यो वर्ष पनि पाडी वितरण अभियानको शुभारम्भ गरेको छ। आज (आईतबार) नगरपालिका प्राङ्गणमा यो आर्थिक वर्षको पहिलो चरण अन्तरगत नगरपालिकाको वडा नं ४ का कृषकहरुलाई १५ वटा पाडी वितरण गरिएको हो। पनौती नगरपालिकालाई दुग्ध जन्य उत्पादनमा अझै सबल बनाउने र विपन्न किसानको आर्थिक स्तर माथि उठाउने उद्दे...

काभ्रे ट्राफिक प्रहरीले गर्यो गुनासो सुनुवाई तथा ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन

काभ्रे ट्राफिक प्रहरीले गर्यो गुनासो सुनुवाई तथा ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेले चालक तथा सहचालक सँग गुनासो सुनुवाई तथा ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन गरेको छ ।            जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख प्रमिला श्रेष्ठको साथै अन्य प्रहरी कर्मचारीबाट पाँचखाल न.पा. ४ मा रहेको प्रहरी चौकि पाँचखालको परिसरमा चालक तथा सहचालकहरुको गुनासो सुनुवाई तथा चालक, सहचालकहरुले सवारी चलाउदा गर्न हुने कार्य र गर्न...