भोमी हस्पिटलले उत्कृष्ट सेवा दिदै आएको छ ; निर्देशक सगुन कायस्थ
बनेपा - काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका –१० जनागालमा रहेको भोमी हस्पिटल यति बेला बिरामीहरुको उपचार गराउने मुख्य केन्द्रबिन्दु बनेको छ । काठमाडौँका ठूला अस्पतालको स्तरमा चलाउने लक्ष्यसहित संरचना निर्माण भएर हस्पिटल सम्पन्न हुन नपाउँदै बनेपा नगरपालिकाको विशेष अनुरोधमा कोरोना अवधिभर कोभिड डेडिकेट हस्पिटलका रुपमा सञ्चालन भयो । भर्ना भएका सबै कोरोना संक्रमितको स्वास्थ्यमा उत्कृष्ट नतिजा आएपछि ...