युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर
काठमाडौं – अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ ।रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो । स्याटेलाइट तस्वीर सार्वजनिक गर्ने कम्पनी ...

अर्थमन्त्री शर्मा बुधबार चौंरीदेउराली आउँदै

अर्थमन्त्री शर्मा बुधबार चौंरीदेउराली आउँदै
काभ्रेपलान्चोक - नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा काभ्रेको चौंरीदेउरालीमा आउने भएको छ । वडा नं. ७ मा गाउँपालिकाले निर्माण शहिद पार्क उद्घाटन गर्न बुधबार शर्मा चौंरीदेउराली आउने भएको हो । सो वडाको मादनकुँडारीमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा विभिन्न मोर्चामा सहदात प्राप्त गरेका शहिदहरुको शालिक सहितको शहिद पार्क निर्माण सम्पन्न गरेको छ । हरेक वड...

सानिमा बैंकको ९६ औं शाखा पाँचखालमा

सानिमा बैंकको ९६ औं शाखा पाँचखालमा
काभ्रेपलान्चोक  - सानिमा बैंक लिमिटेडले कृषि नगर पाँचखालमा नयाँ शाखाको शुभारम्भ गरेको छ । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बैंक सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं र पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नु भएको हो । पाँचखालको शाखा ९६ औं रहेको बैंकले जनाएको छ । शाखाको उद्घाटनपछि नगर प्रमुख महेश खरेलले भन्नुभयो, ‘१८ वर्ष अगाडि गैर आवासीय ...

डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना

डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना
नेपाल डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना गरेको छ । एमसिसि पास भएको बिरोधमा आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान ६ बजे तोडफोड गरिएको घटनाले नेपाल डेरी एसोसिएसनले दुख व्यक्त गर्दै उक्त घटनाको घोर भत्सर्ना गरेको हो । राज्यले उच्च महत्वका साथ दुध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्...

टोल–टोलमा एमाले बनाउने अभियानमा स्थानिय कमिटीहरु

टोल–टोलमा एमाले बनाउने अभियानमा स्थानिय कमिटीहरु
  बनेपा, नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनबाट नयाँ नेतृत्व चयन र स्थानिय निर्वाचन नजिकिएसँगै नेकपा एमालेकाभ्रेको सक्रियता बढेको छ । जस अनुरुप गाउँ टोलमा टोल कमिटी गठन र जनवर्गिय संगठनको अधिवेशनहरु भैरहदा यतिबेला काभ्रेका सबै पालिकाका टोलहरु एमाले मय बनेको छ । नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले सोमबार सपथ ग्रहण र बिभिन्न जिम्मेवारी लिएका थिए । निर्वाचन समितिका सं...

गिनिज बुकअफ वल्र्ड रेकर्डमा मैले गाएको गीत हाम्रो साझा हिमाल ; गायक पुर्ण राई

गिनिज बुकअफ वल्र्ड रेकर्डमा मैले गाएको गीत हाम्रो साझा हिमाल ; गायक पुर्ण राई
काठमाण्डौ– झण्डै दुई दशक देखी नेपाली गीत संगीतमा सक्रिय रुपमा लागि परेका गायक पुर्ण राईले नेपाली लगायत राई, तामाङ, नेवारी, कुसुण्डा, राउटे, धिमाल लगायत विभिन्न भाषा भाषिका सयांै गीतहरुमा स्वर दिईसकेका छन् । लामो समय देखी गायन क्षेत्रमा आफुलाई समर्पित गरेका राइका पहिलो भेट, निष्ठुरी मन, पारी पाखा, हल्का हल्का, भयो पर पर, म त जलेरै मर्ने मान्छे, देल्कम हेङ, विजमफुल विजमफुल, दुध कुण्डो बजार, सोलुखुम्...

विद्यार्थीहरु लाई न्यानो लुगा वितरण गर्दै समाजसेवी ताराबहादुर कुँवर

विद्यार्थीहरु लाई न्यानो लुगा वितरण गर्दै समाजसेवी ताराबहादुर कुँवर
समाजसेवी ताराबहादुर कुँवरले काभ्रे जिल्लाका केही विद्यालयहरूका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाका विभिन्न गाउँहरूका १७ विद्यालयहरूमा उक्त सहयोग प्रदान गरिएको हो हजुरलाई नमस्ते सामाजिक अभियानका माध्यमबाट कुँवरले उक्त सहयोग वितरण गर्नुभएको हो । कुँवरले यस पटक एक हजारभन्दा बढी व्यक्तिलाई यस्तो न्यानो कपडा प्रदान गर्नुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न शैक्षिक संस्था...

संगीतमा मौलिक पन हुनुपर्छ ; गीतकार तथा गायक संगम राई

संगीतमा मौलिक पन हुनुपर्छ ; गीतकार तथा गायक संगम राई
काभ्रेपाञ्चोक, मोफसल सहर झापा स्थायी घर भएर पनी अमेरिकालाई कर्मभुमी बनाउदैं नेपाली सुगम संगीतमा सक्रिय रहेका गायक हुन संगम राई । प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा पुयाएको योग्दान निकै प्रशंसा लायक रहेको छ उनको । उनी सानै उमेर देखी कलाकारिता प्रतिको मोह र प्रतिभा भएका कारण उनी आफनो रुची पुरा गर्नको लागी कलाकारितामा हानिएको उनी बताउछन। आफनो मेहनत गरे अनुसार कलाकारिता क्षेत्रमा ब्यापक सफलता पाइरह...

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता

वैशाख २ मा उम्मेदवारी दर्ता, १ करोड ७८ लाख मतदाता
बनेपा, निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २०७९वैशाख ३० गते गर्ने निर्णय गरेसंगै बिभिन्न तयारी थालेको छ । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्...

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक
काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल ...