जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा GOAML मा दर्ता तथा रिपोर्टिंग सम्वन्धि तालिम

जिल्ला सहकारी संघ लि. काभ्रेको आयोजनामा GOAML मा दर्ता तथा रिपोर्टिंग सम्वन्धि तालिम
  जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजनामा जिल्लामा सञ्चालित सहकारी संस्थाहरुका लागि गोएएमएल मा आबद्ध, दर्ता तथा रिपोर्टिंगका लागि सहजिकरण गर्ने उद्देश्यका लागि एक दिने तालम कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम संघको शिक्षा, तालिम तथा व्यवस्थापन उप समितिका संयोजक ठाकुरनाथ अधिकारीको सभापति...

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नं. २ को सभापतिमा तारा बहादुर कुँवर क्षेत्री निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नं. २ को सभापतिमा तारा बहादुर कुँवर क्षेत्री निर्वाचित
काभ्रेपलान्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रे क्षेत्र नं. २ को सभापतिमा समाजसेवी, व्यवसायी अभियान्ता तारा बहादुर कुँवर क्षेत्री निर्वाचित हुनु भएको छ । त्यस्तै उप-सभापतिमा अप्सरा खत्री, सचिवमा मन्दिरा खनाल लगायत दुई सदस्य सहितको समिति गठन भएको छ ।

सगरमाथा आरोहणमा नेपाल प्रहरी संगठनकै किर्तीमानी राखेका पुरुषोत्तमलाई बढुवा गर्न किन कन्जुस्याई

सगरमाथा आरोहणमा नेपाल प्रहरी संगठनकै किर्तीमानी राखेका पुरुषोत्तमलाई बढुवा गर्न किन कन्जुस्याई
नेपाल प्रहरीका वरिष्ठ सई पुरुषोत्तम नेपालीले नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा सगरमाथाको चुचुरोमा फहराएर किर्तीमानी राखेको भन्दै चौतर्फी सम्मान तथा चर्चा परिचर्चा भईरहेको छ । सोलुखुम्बु निवासी वरिष्ठ सई नेपालीले यही जेठ २ गते सगरमाथाको चुचुरो टेकेका हुन। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका बरि...

जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा सहयोग

जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा सहयोग
  काभ्रेपलान्चोक - आफ्नो जन्म दिनको अवसरमा परेर देबि लामाले दृष्टि बिहिन एक परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ । श्रमिक जन उत्थान साकोस बनेपाको प्रबन्धक देबि लामाले आफ्नो जन्म दिनको अवसरमा बनेपा ८ लायकुमा बस्दै आउनु भएको दृष्टि बिहिन कृष्ण बहादुरलाई खाद्यान्न सहयोग गर्नु भएको हो । खाद्यान्न स्वरुप दाल, चामल, मसला, नुन, तेल, साबुन, बिस्कुट लगायतका सामाग्री सहयोग गर्नु भएको थियो । ...

परिवारको साथ सहयोग छैन : ओम सेन्चुरी गायक तथा सर्जक

परिवारको साथ सहयोग छैन : ओम सेन्चुरी गायक तथा सर्जक
गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ आपचौरमा जन्मिएका गायक तथा सर्जक ओम सेन्चुरी विगत ४,५ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा लागि रहेका छन् । सानै उमेर देखि गीत संगितमा रुचि भएका ओमले गाउँमा हुने भजन कृतन, स्कुलमा हुने सबै सास्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउने गरेको बताए । स्कुलमा हुने धेरै कार्यक्रममा थुप्रै पुरस्कार पनि जितका सेन्चुरीलाई गाउँमा सबै साथीहरु, शिक्षकहरुले स्वर राम्रो छ भने पछ...

सरसफाई अभियानमा जुटे वडाअध्यक्ष रमेश तिवारी र युवाहरु

सरसफाई अभियानमा जुटे वडाअध्यक्ष रमेश तिवारी र युवाहरु
  काभ्रे । नमोबुद्ध नगरपालिका वडा नम्बर-३ बनाउने उद्देश्यका साथ वडाअध्यक्ष रमेश तिवारी र वडाका युवाहरु सरसफाई अभियानमा जुटेका छन् । वडालाई सफा र हराभरा बनाउँन सरसफाई अभियानमा जुटेका हुन । वडाअध्यक्ष तिवारीको हातमा हसिया र झाडु लिएर सरसफाइ गर्न युवाहरुको संयुक्त टिममा व्यस्त देखिन्थे । नमोबुद्ध-३ का वडाअध्यक्ष र देउराली युवा क्लबका युवाहरुको पहलमा सुरु गरिएको अभियानलाई स्फुर्त रुपमा अ...