उच्च रक्तचाप नियन्त्रण अभियानबारे जनप्रतिनिधीसंग छलफल
भकुण्डेवेशी / उच्च रक्तचाप हुनेको पहिचान, परिक्षण, जोखिम न्युनिकरण नियन्त्रण गर्ने उद्धेश्यले थालिएको अभियानबारे नमोबुद्धमा जनप्रतिनिधीसंग छलफल गरिएको छ ।
नेपालमा नै पहिलो पटक जिल्लामा शुरु गरिएको ‘बागमती काभ्रेपलाञ्चोक हाइपरटेन्सन केयर क्यासकेड इनिसिएटिभ्स’ अन्तर्गत नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, वडाअध्यक्ष लगायत जनप्रतिनिधीसंग छलफल गरिएको हो । कार्यक...