भोलिबाट उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय
काभ्रेपलान्चोक - वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ’ उनल...