युक्रेनी सेनाको नियन्त्रणमा रहेका मण्डनदेउपुरका सिद्धार्थ ढकालको सकुशल उद्धारका लागि आग्रह
रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्न गएका मण्डनदेउपुर नगरपालिका–६, का २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो ।
युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई पक्राउ गरिएको हो । युक्रेनी सेनाले जेपोरोजियास्थ...