रकेट प्रहारबाट काबुलमा चार बालबालिका सहित ६ को मृत्यु

रकेट प्रहारबाट काबुलमा चार बालबालिका सहित ६ को मृत्यु
एजेन्सी - अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ । तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका ती व्यक्तिहरुको ज्यान गएको छ । काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही व...

कोशीपारीमा ट्याक्सी र बस एक आपसमा ठोक्कियो

कोशीपारीमा ट्याक्सी र बस एक आपसमा ठोक्कियो
बनेपा - काभ्रेको बिकट ठाँउ कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाको कोलातीभुम्लु सिम्लेमा बस र ट्याक्सी आपासमा ठोकिएका छन् । दुई सवारी साधन आज बिहान ठोकिएका हुन् । यात्रु लिएर काठमाडौं आउदै गरेको अरनिको यातायात प्रालिको बा ३ ख ३४९४ बस र बिरामी लिएर आउँदै गरेको बा २ ज ३१६३ को ट्याक्सी एक अपासमा ठोकिएको हो । टयाक्सी र बसमा क्षती पुगेको छ भने मानवीय क्षति भएको छैन् ।

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिए कृष्ण जन्माष्टमीको शुभकामना

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिए कृष्ण जन्माष्टमीको शुभकामना
काभ्रेपलान्चोक - नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सोमबार बिहानै सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष ओलीले सबै नेपालीहरु लाई कृष्ण जन्माष्टमीको शुभकामना दिएका छन। यस्तो छ स्टाटस ‘हिन्दू धर्मावलम्बीको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदी-बहिनी तथा दाजु-भाइहरुमा हार्...

भुम्लु गाउँपालिकाको बिश्व क्रिर्तिमानी राजन खरेलाई ग¥यो गौरीशंकर च्छोरोल्पा मिडियाले बधाई तथा सम्मान

भुम्लु गाउँपालिकाको बिश्व क्रिर्तिमानी राजन खरेलाई ग¥यो गौरीशंकर च्छोरोल्पा मिडियाले बधाई तथा सम्मान
काभ्रेपलान्चोक - संसारको अग्लो स्थानमा ‘गोक्यो रि’ नामक मिउजिक भिडियोको अडियो रेकर्ड तथा भिडियो छायांकन गरि   गिनिज बुकमा आफ्नो नाम लेखी नेपाला लाईनै बिश्वसामु चिनाउन सफल हुनुभएको मिडिया ब्याबसायी तथा कलाकर्मी राजन खरेललाई गौरीशंकर च्छोरोल्पा मिडियाले आफ्नो बार्षिक उत्सवको अवसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठको हातबाट खरेललाई बिश्व क्रिर्तिमानी सम्मान–२०७८ द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा...

कात्तिकेदेउरालीमा निःशुल्क महिला स्वास्थ्य शिविर

कात्तिकेदेउरालीमा निःशुल्क महिला स्वास्थ्य शिविर
कात्तिकेदेउराली - नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका (NMSA KUSMS) बिद्यार्थीहरुले काभ्रेको कोशीपारी कात्तिकेदेउरालीमा निःशुल्क महिला स्वास्थ्य शिविर तथा स्यानिटरी प्याड बितरण र तालिम प्रदान गरेका छन् । कार्यक्रममा गएका मेडिकल टिमले सर्वप्रथम महिला स्वास्थ्यसँग जोडिएका रजस्वला, गर्भावस्था आदिबारे जानकारी गराउनुका साथै स्वास्थ्य चेक जाँच गरी निःशुल्क औषधी र स्य...

नबिल बैंकद्वारा काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग समझदारी

नबिल बैंकद्वारा काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग समझदारी
काभ्रेपलान्चोक - नबिल बैंकले काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ। पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । उ...

पछिल्लो २४ घण्टामा थप १,३८८ जनामा कोरोना संक्रमण, २,२६० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १,३८८ जनामा कोरोना संक्रमण, २,२६० जना संक्रमणमुक्त
काभ्रेपलान्चोक - पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज नेपालमा २२६० जना संक्रमणमुक्त भएका छन् कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेको छ । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध...

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई ३१ वर्ष कैद

प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई ३१ वर्ष कैद
 ब्राजिलका लागि ग्रीक राजदूतकी पत्नीलाई आफ्नै श्रीमानको हत्याको योजनाकार पुष्टि गर्दै ३१ वर्षै कैद सजाय सुनाइएको छ । रियो दी जेनेरियोमा सन् २०१६ मा किरियाकोस अमिरिडिस कारमा जलेर मृत अवस्थामा फेला परेका थिए । उनकी पत्नी फ्रान्सिस्को डी सौज ओलिभेराको त्यो समयमा एक सैन्य अफिसर सर्जियो गोमेजसँग सम्बन्ध बनेको थियो । गोमेजले ओलिभेरासँगको सल्लाहमा आफूले किरियाकोसको हत्या गरेको स्वीका...

बिपि राजमार्गमा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाईकल चालकको मृत्यु

बिपि राजमार्गमा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाईकल चालकको मृत्यु
काभ्रेपलान्चोक - रोशि गाउँपालिका ७ लास्कोटबेसी बिपि राजमार्गमा सडक माथीबाट खसेको ढुङ्गाले लागेर गाईते मोटरसाईकल चालकको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जनकपुरबाट धुलिखेल तर्फ आउदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाईकलमा सवार दुई जनालाई ढुंगाले लागेर घाईते भएको उनिहरुलाई धुलिखेल अस्पतालमा पु¥याएको उपचारको क्रममा महोतरी जिल्ला रामगोपालपुर घर भएका २८ बर्षीय सरोज कुमार ...