माडीका सुकुम्बासी भन्छन्- हामीमाथि राजनीति भयो, साढे ५ हजारले पाउँदै थिए जमिन
सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि माडीका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी थप अन्योलमा छन् । माडीमा ५ हजार ४ सय ५८ जनाले लालपुर्जाका लागि फाराम भरेका थिए ।
वर्षौंदेखि जग्गाको स्वामित्व पाउने आशमा रहेका भूमिहिनहरु आयोग खारेज भएको खबरले दुःखी छन् । यसपटक भूमि आयोगका अध्यक्ष चितवनकै नेता देवी ज्ञवाली भएकाले पनि उनीहरुले जग्गा पाउने आशा गरेका थिए ।
बाँदरझुला सुकुम्बासी संघर्ष...