श्रीकृष्ण प्रणामी युवा परिषद काभ्रे जिल्लाको १० औं अधिवेशन सम्पन्न
काभ्रेपलान्चोक - श्रीकृष्ण प्रणामी युवा परिषद काभ्रे जिल्लाको १० औं अधिवेशन बनेपामा सम्पन्न भएको छ । केन्द्रिय अध्यक्ष नमराज ढकालको प्रमुख आतिथ्यता तथा युवा परिषद् काभ्रेका अध्यक्ष उद्धव प्रसाद तिमल्सिनाको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष मातृका प्याकुरेल, महासचिव सुमन पुडासाइने, केन्द्रिय सदस्य एवं जिल्ला संयोजक पर्शुराम सापकोटा, उपत्यकाका ३ वटै जिल्लाका अध्यक्ष लगायत...