बुडोल सामुदायिक साकोसको २२ औं वार्षिक साधारण सभा सम्पन्न

बुडोल सामुदायिक साकोसको २२ औं वार्षिक साधारण सभा सम्पन्न
काभ्रेपलान्चोक -  बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष कैलाश के.सी.को सभाध्यक्षतामा होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो ।संस्थाकी कर्मचारी कृष्टिना श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले उपस्थित व्यक्तिहरुलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो । सभा समक्ष संस्थाका सचिव जयर...

ललितपुरको एबिसी बिजनेज कम्प्लेक्समा लेडिज फेन्सी स्टोर्स सञ्चालनमा

ललितपुरको एबिसी बिजनेज कम्प्लेक्समा लेडिज फेन्सी स्टोर्स सञ्चालनमा
काभ्रेपलान्चोक - कोरोना महामारीले रोकिएको अर्थतन्त्र बिस्तारै चलायमान हुँदै छ । झन्डै दुई वर्ष व्यापार व्यवसाय ठप्प भएको अवस्थामा ललितपुरको एबिसी बिजनेज कम्प्लेक्समा लेडिज फेन्सी स्टोर्स सञ्चालनमा आएको छ । दिन दुखी गरिब असाहयहरुको केन्द्र मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष मञ्जु खाँड र केन्द्रीय सल्लाहकार रज्जु तण्डुकारले बुधबार एक कार्यक्रमबीच फेन्सीको उद्घाटन गरेका थिए । फ...

५२३ कैदीलाई माफी मिनाहा

५२३ कैदीलाई माफी मिनाहा
काभ्रेपलान्चोक - संविधान दिवसमा यस वर्ष पनि ५२३ जना कैदीहरुले माफी मिनाहा पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नेपाल सरकार मन्त्रिपरिषदको सिफारिशमा भोलिबाट लागू हुनेगरी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति मार्फत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी संविधान दिवसको अवसरमा माफी मिनाहा भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा...

काभ्रेका विभिन्न ठाउँ बाट दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत 

काभ्रेका विभिन्न ठाउँ बाट दर्जनौं युवा एमालेमा प्रवेश : बास्कोटाले गरे स्वागत 
   काभ्रेपलान्चोक – नेपाली काङ्ग्रेस तथा विभिन्न पार्टी परित्याग गरी १ दर्जन युवा एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस, नेकपा माओवादी र विभिन्न पार्टी परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्तालाई पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद एवं एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले स्वागत गर्नुभयो । बास्कोटाले उहाँहरूलाई पार्टी सदस्यता प्रदान गनुृहुँदै देश र जनताप्रति ...

चाडपर्वलाई लक्षित गर्दै बनेपा सहित ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन

चाडपर्वलाई लक्षित गर्दै बनेपा सहित ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन
काभ्रेपलान्चोक - नेपाल सरकारले चाडपर्वलाई लक्षित गर्दै आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । नेपाल सरकारको स्वामित्व भएको कम्पनीहरुले काठमाण्डौ उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्रीवितरण हुने जनाएको छ । उपत्यकाबाहिर बनेपा,...

आज विश्वकर्मा पूजा मनाइँदै, यस्तो छ पूजा बिधि

आज विश्वकर्मा पूजा मनाइँदै, यस्तो छ पूजा बिधि
आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ ।समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ । नयाँ सवारीसाधन किन्नेले आज विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । नेपालमा आजै देखि शरद् ऋतु प्रारम्भ भएकोसमेत मानिन्छ ।आफ्ना सवारी साधन, कलकारखाना...

साहस उर्जाले ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने

साहस उर्जाले ६ गतेदेखि ७० लाख कित्ता आईपीओ निष्काशन गर्ने
काभ्रेपलान्चोक - साहस उर्जा लिमिटेडले यहीँ असोज ६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । निष्काशन गरिने कुल शेयरमध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको कम्पनीले जानकारी दिएको छ ।