काभ्रे प्रहरीले गर्यो बढि भाडा असुल्ने सार्वजनिक यातायातलाई कार्वाही

काभ्रे प्रहरीले गर्यो बढि भाडा असुल्ने सार्वजनिक यातायातलाई कार्वाही
काभ्रेपलान्चोक - सार्वजनिक सवारी साधनले यात्रुहरुलाई जथाभाबी भाडा लिने गरेको जनगुनासो आएपछि प्रहरीले सक्रियता तिब्र पारेको छ । सार्वजनिक यातायातमा चड्नु भएका यात्रुले नै प्रहरी लाई खबर गरि तोके भन्दा बढि भाडा लिएको जानकारी दिए पछि काभ्रे जिल्ला ट्राफिक प्रहरीले समातेर कार्वाही गरेको छ । दोलखाबाट काठमाण्डौ तर्फ आउदै गरेको बा ३ ख ५९२४ नं.को यात्रुबाहक बसले यात्रुहरुसँग बढि भाडा लिएको भन्ने सुचनाक...

भदौ २० गतेबाट लाइसेन्स परीक्षा खुल्ने 

भदौ २० गतेबाट लाइसेन्स परीक्षा खुल्ने 
काभ्रेपलान्चोक - कोरोना महामारी धेरै नै फैलिए पछि सवारी लाइसेन्स आवेदन बन्द भएको थियो । पछिल्लो समयमा कोरोना संक्रमण घटेसँगै सवारी लाइसेन्सका लागि आवेदन दिएका पुराना आवेदकहरुको परीक्षा सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले यही भदौ २० गतेदेखि परीक्षा सञ्चालन गरिने जनाएको छ । कोरोना संक्रमणको दोस्रो लहरको जोखिमबाट जोगिन गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै सवारी चालक अनुमति पत्रको पर...

काभ्रेमा मिक्स्ड लकडाउन फेरी थपियो

काभ्रेमा मिक्स्ड लकडाउन फेरी थपियो
बनेपा - काभ्रेमा जिल्ला प्रशासनले जारी गरेको मिक्स्ड लकडाउन पुनः थपिएको छ । काभ्रे जिल्ला कोरोनाको डेन्जर जोनमा रहेकाले फेरी लकडाउन थपिएको हो । यस अघिको लकडाउन आज राती १२ बजेसम्म रहेको थियो । कोरोनाको संक्रमणदर,अस्पतालमा भर्ना हुनेको संख्या र साप्ताहिक मृत्यु हुनेको संख्या पनि बढिरहेकाले लकडाउनलाई भदौ २५ गतेसम्म जारी राखिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।         

काभ्रे ट्राफिक प्रहरीको सक्रियता,दुई वर्ष अघि हराएको स्कुटर बुझायो धनीलाई

काभ्रे ट्राफिक प्रहरीको सक्रियता,दुई वर्ष अघि हराएको स्कुटर बुझायो धनीलाई
काभ्रेपलान्चोक - काभ्रे प्रहरीले दुई वर्ष अघि ललितपुरबाट हराएको स्कुटर धनीलाई बुझाएको छ । २०७६ भदौ ११ गते ललितपुरको पुल्चोकबाट हराएको स्कुटर आज सवारी धनीलाई बुझाइएको जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । पनौतीमा नियतिम चेकजाँचका क्रममा सवारी दर्ता किताब साथमा नराखी स्कुटर चलाएका एक चालकले मे ६प १३६२ नं को स्कुटर छाडी फरार भए पछि उक्त स्कुटर कसको रहेछ भनी खोज तलास गरि ...

काभ्रे उद्योग बाणिज्य संघले व्यापारी र उद्योगीलाई लगायो कोरोना खोप

काभ्रे उद्योग बाणिज्य संघले व्यापारी र उद्योगीलाई लगायो कोरोना खोप
काभ्रेपलान्चोक - कोरोना भाइरल संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ । बनेपा,पनौती, धुलिखेलका व्यापारीहरु कोरोनाको उच्च जोखिममा छन । कोरोना संक्रमण बाट बच्नको लागि उनीहरु खोप नलगाई व्यवसाय संचालन गर्न बाध्य भएका थिए भने अहिले जिल्लाका व्यापारी र उद्योगीहरुले खोप लगाएका छन । काभ्रे उद्योग बाणिज्य संघको विशेष पहलमा बनेपा नगरपालिकाले खोप दिएको थियो । उद्योग बाणिज्य संघको भवनमा मंगलवार २०० जनाले भेरोसे...

कोशीपारीमा ट्याक्सी र बस एक आपसमा ठोक्कियो

कोशीपारीमा ट्याक्सी र बस एक आपसमा ठोक्कियो
बनेपा - काभ्रेको बिकट ठाँउ कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाको कोलातीभुम्लु सिम्लेमा बस र ट्याक्सी आपासमा ठोकिएका छन् । दुई सवारी साधन आज बिहान ठोकिएका हुन् । यात्रु लिएर काठमाडौं आउदै गरेको अरनिको यातायात प्रालिको बा ३ ख ३४९४ बस र बिरामी लिएर आउँदै गरेको बा २ ज ३१६३ को ट्याक्सी एक अपासमा ठोकिएको हो । टयाक्सी र बसमा क्षती पुगेको छ भने मानवीय क्षति भएको छैन् ।

भुम्लु गाउँपालिकाको बिश्व क्रिर्तिमानी राजन खरेलाई ग¥यो गौरीशंकर च्छोरोल्पा मिडियाले बधाई तथा सम्मान

भुम्लु गाउँपालिकाको बिश्व क्रिर्तिमानी राजन खरेलाई ग¥यो गौरीशंकर च्छोरोल्पा मिडियाले बधाई तथा सम्मान
काभ्रेपलान्चोक - संसारको अग्लो स्थानमा ‘गोक्यो रि’ नामक मिउजिक भिडियोको अडियो रेकर्ड तथा भिडियो छायांकन गरि   गिनिज बुकमा आफ्नो नाम लेखी नेपाला लाईनै बिश्वसामु चिनाउन सफल हुनुभएको मिडिया ब्याबसायी तथा कलाकर्मी राजन खरेललाई गौरीशंकर च्छोरोल्पा मिडियाले आफ्नो बार्षिक उत्सवको अवसरमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठको हातबाट खरेललाई बिश्व क्रिर्तिमानी सम्मान–२०७८ द्वारा सम्मान गरिएको थियो । कार्यक्रममा...

कात्तिकेदेउरालीमा निःशुल्क महिला स्वास्थ्य शिविर

कात्तिकेदेउरालीमा निःशुल्क महिला स्वास्थ्य शिविर
कात्तिकेदेउराली - नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालका (NMSA KUSMS) बिद्यार्थीहरुले काभ्रेको कोशीपारी कात्तिकेदेउरालीमा निःशुल्क महिला स्वास्थ्य शिविर तथा स्यानिटरी प्याड बितरण र तालिम प्रदान गरेका छन् । कार्यक्रममा गएका मेडिकल टिमले सर्वप्रथम महिला स्वास्थ्यसँग जोडिएका रजस्वला, गर्भावस्था आदिबारे जानकारी गराउनुका साथै स्वास्थ्य चेक जाँच गरी निःशुल्क औषधी र स्य...

नबिल बैंकद्वारा काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग समझदारी

नबिल बैंकद्वारा काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग समझदारी
काभ्रेपलान्चोक - नबिल बैंकले काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ। पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । उ...