पछिल्लो २४ घण्टामा थप १,३८८ जनामा कोरोना संक्रमण, २,२६० जना संक्रमणमुक्त
काभ्रेपलान्चोक - पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज नेपालमा २२६० जना संक्रमणमुक्त भएका छन् कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेको छ । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध...