डिजिटल बजार बढेपछि गीतको कमाई राम्रो छ – डब्बु क्षत्री
काभ्रेपलाञ्चोक – नेपाली गीत लेखन क्षेत्रमा डब्बु क्षत्री स्थापित नाम हो । लामो समयदेखि गीत लेखनमा सक्रिय उनले आफ्नो गीति लेखन यात्रा चलचित्रको गीतबाट सुरु गरेका हुन् । स्कुले जीवनमै गीत लेखेर पत्रपत्रिकामा प्रकाशन गरेका स्मरण उनीसँग छ । चलचित्रसँगै उनले आधुनिक, पप, लोक, लोक दोहोरी, राष्ट्रिय भावको गीत, सन्देशमुलक गीत तथा गजल लेखिसकेका छन् । तथापि उनी गीति विधामा पनि विशेषत ‘गजल गीतकार’को रुपमा स्थ...