आज महाशिवरात्रि पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि भक्तजनहरुको घुईचो
काठमाडौं – महाशिवरात्रिको अवसरमा पशुपति नाथ मन्दिरमा भक्तजनहरुलाई सहज र छिटो दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । तर पशुपतिनाथमा पूजा गर्न गएकाहरुले भने घण्टौंसम्म लाइनमा बस्नु परेको गुनासो गरेका छन् । पशुपति नाथ मन्दिरमा पूजा गर्नका लागि आज बिहान तीन बजेदेखि नै चारवटै ढोका खुला गरिएको थियो । पूजा गर्नेहरुका लागि चार वटा लाइनको व्यवस्था मिलाइएको छ ।
...