१५ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न
काभ्रेपलान्चोक - असोज २७ गते शनिवारका दिन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ७ वटा एकाइमा एकै दिन सम्पन्न साधारण सभा मध्ये मुख्य कार्यालयमा संस्थाका अध्यक्ष प्रकाश बन्जाराज्यूको सभापतित्व र पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष कुमार प...