नेपाली कथानक चलचित्र ‘ रिभेन्ज ’ टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘ रिभेन्ज ’ टिजर सार्वजनिक
चलचित्र ‘ रिभेन्ज ’ को टिजर सार्वजनिक गरिएको छ । हिजो रिलिज गरिएको टिजरमा कलाकार रविन श्री लाई केन्द्रमा राखिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निमार्ण गरिएको छ । अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको हो । नारी ल...

आमाबाबु विहिन बालबालिकाहरुलाई बनेपामा नि:शुल्क शिक्षा

आमाबाबु विहिन बालबालिकाहरुलाई बनेपामा नि:शुल्क शिक्षा
बनेपा नगरपालिकाले आमाबाबु विहिन बालबालिकाहरुलाई नि:शुुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको छ । आमाबाबु विहिन बालबालिकाहरुलाई बागमती प्रदेश सरकारले दिने रकममा थप गरी सहयोग उपलब्ध गराउने गर निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । ‘नगरले गत बर्ष देखि प्रदेशले प्रदान गरेको रकममा मासिक १ हजार थप गरी तीन हजार प्रदान शुरु गरिएको थियो’–नगर प्रमुख ...

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष

पारसको निर्णय अप्रत्यासित – क्यान अध्यक्ष
नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताउनुभएको छ । क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने राससलाई बताउनुभयो । “पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अ...

तारकेश्वर नगरपालिका वडा नम्बर १ मा स्थानीयको सहभागीतामा बिकास

तारकेश्वर नगरपालिका वडा नम्बर १ मा स्थानीयको सहभागीतामा बिकास
राजन थापा काठमाडौं  - काठमाडौं भक्तपुर र ललितपुरमा हेर्न हो भने जताततै धुवा धुलोले भरिएको छ । चारैतिर घर नै घरहरु छन । कमै मात्रमा बोट बिरुवाहरु देख्न पाइन्छ। धेरै ठाउँमा भएका बोट बिरुवाहरुको संरक्षण नगर्दा तिनीहरु पनि संरक्षण बिहिन भएका छन र मर्न अवस्थामा पुगेका छन । काठमाडौं तारकेश्वर नगरपालिका वडा नम्बर १ मा सयौं वर्ष पहिलाको कप्रोको रुखलाई स्थानीयहरु मिलेर लगभग सडक बाट ३० फिट माथि पर्खाल लग...

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड
काभ्रेपलान्चोक - राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । विभागले विद्यार्थीहरुलाई अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न समेत आग्रह गरेको छ । बोर्डले परीक्षा स्थगित भएको भन्नेबारे भ्रममा नपर्न पनि आग्रह गरेको छ । कक्षा १२ को परीक्षा आउन अझै दुई साता बाँकी रहेकाले यसबारे हालसम्म कुनै निर्णय नभएको बोर्डले जनाएको हो ।  

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखालमा सम्मान

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखालमा सम्मान
काभ्रेपलान्चोक - पाँचखालको माटोमा जन्मिएका राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई मंगलबार पाँचखालमा सम्मान गरीएको छ । नेपाल मानव अधिकार संगठन पाँचखाल नगरसमितिले पाँचखालमा जन्मिएर मानव अधिकारको क्षेत्रमा कर्मचारीको तर्फवाट सबैभन्दा माथिल्लो पोष्टमा पुगेको भन्दै सम्मान गरेको हो । राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेललाई पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेल, उपप...

कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन

कोरोना संक्रमण बढ्न थालेपछि नगरभित्रका विद्यालय बन्द गर्न मण्डनदेउपुरको निर्देशन
काभ्रे (मण्डनदेउपुर) – कारोनाको जोखिम बढ्न थालेपछि जिल्लको मण्डनदेउपुर नगरपालिकाले आफ्नो क्षेत्र भित्रका विद्यालयहरु बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरभित्रका विद्यालयको पठनपाठन स्थगित गर्न निर्देशन दिएको छ । कोरोना भाईरसको संक्रमण फेरी बढ्दै गएकाले पठनपाठन स्थगित गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । उनका अनुसार नगरपालिकाभित्रका वि...

कोरोनाको चपेटामा दोहोरी साँझ श्रमजीवी कलाकार मारमा

कोरोनाको चपेटामा दोहोरी साँझ श्रमजीवी कलाकार मारमा
काभ्रेपलान्चोक - लोकदोहोरी गायिका गङ्गा बरालको प्रतिभा बन्दाबन्दीमा परेको करिब २७ महिना भएको छ । सानैदेखि लोकदोहोरी गाउन सिपालु बरालले राजधानीका विभिन्न लोकदोहोरी रेस्टुरेन्टमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुहुन्थ्यो । आफ्नो कलाको कमाइमा उहाँलाई निकै गौरव लाग्थ्यो । दोहोरीमा आमने–सामने बसेर टुक्कालाई एक/दुई मिनेटमै फर्काउन सक्ने क्षमतालाई अरूको मनोरञ्जनका लागि प्रस्तुत गर्दै घरपरिवारलाई सघाउँदै आउ...

शंकर ग्रुपले रियलमीका स्मार्टफोन भित्र्याउने

शंकर ग्रुपले रियलमीका स्मार्टफोन भित्र्याउने
काभ्रेपलान्चोक - रियलमीले आफ्नो बजारीकरण सशक्त पार्दै नेपाली उपभोक्तामाझ उत्कृष्ट श्रेणीका उत्पादनहरु प्रस्तुत गर्ने घोषणा गरेको छ । रियलमीले विश्वकै उत्कृष्ट प्रविधियुक्त स्मार्टफोनहरु विभिन्न मूल्य श्रेणीमा नेपाली बजारमा ल्याउने तयारी गरेको जानकारी दिएको हो । आगामी दिनमा रियलमीका स्मार्टफोन शंकर ग्रुपले ल्याउने भएको छ । भारतमा फाइभजी स्मार्टफोनमध्ये २०२१ को दोस्रो त्रैमासिकमा रियलमीको ह...

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ४२ अर्ब
काभ्रेपलान्चोक - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले कीर्तिमान कायम गरेको छ । लगातार उकालो लाग्दै आएको नेप्सेले आज इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २६.०२ बिन्दुले उकालो लागेर तीन हजार १११.०९ मा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ । यो पनि हालसम्मकै ...