महानगरपालिकाले आज ५० वर्ष देखि माथिकालाई भेरोसेल खोप लगाउँदै

महानगरपालिकाले आज ५० वर्ष देखि माथिकालाई भेरोसेल खोप लगाउँदै
काभ्रेपलान्चोक - काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउदैं छ । भेरोसेल खोपको पहिलो मात्रा आज उक्त उमेर समूहका नागरिकलाई ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूमा लगाउन लागिएको हो । आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म पहिलो मात्राको खोप लगाउन सकिने महानगरले जनाएको छ । खोप लगाउन नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै...

बुद्धभूमिको सिंचाइ योजना सञ्चालनमा

बुद्धभूमिको सिंचाइ योजना सञ्चालनमा
काभ्रेपलान्चोक - कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ३ दुवियास्थित भरही सिंचाइयोजना सञ्चालनमा आएको छ । एशियाली विकास बैंकको सहयोगमा विगत चार वर्ष देखि योजना सञ्चालनमा आएसंगै यहाँका किसानले समयमै खेतीपाती गर्न पाएका छन् । कपिलवस्तुको दुवियामा निमार्णाधीन भरही सिँचाई योजना संचालनमा आएसंगै दुई सय हेक्टर जमिन सिंचित भएको छ भने १५ सय स्थानीय लाभान्वित भएका छन् । एशियाली विकास बैँकको तीन करोड २७ ...

गौरीकाको ओलम्पिक यात्रा हिट चरणमा नै समाप्त

गौरीकाको ओलम्पिक यात्रा हिट चरणमा नै समाप्त
 टोकियो ओलम्पिक २०२० मा महिलाको १ सय मिटर फ्रीस्टाइलमा पनि नेपालले कुनै पदक पाउन सकेन । टोकियो ओलम्पिक २०२० मा पुरुष एक सय मिटर फ्रि स्टाइल स्वीमीङमा गौरिका सिंहले प्रतिनिधित्व गरेकी थिइन् । सिंहले एक सय मिटरको दूरी १:००.११ सेकेन्डमा पूरा गरिन् । हिट १ मा रहेकी गौरिका आफ्नो हिटमा तेस्रो स्थानमा रहिन् । टोकियो ओलम्पिकमा पौडीबाट नेपालका दुई खेलाडी सहभागी थिए । जसमा एलेक्जेन्डर ग...

मण्डनदेउपुरमा नेपालकै ठुलो औद्योगिक ग्राम निर्माण कार्य सुरु

मण्डनदेउपुरमा नेपालकै ठुलो औद्योगिक ग्राम निर्माण कार्य सुरु
मण्डनदेउपुर– काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ गैरिचौरमा नेपालकै ठुलो औद्योगिक ग्रामको निर्माण कार्य सुरु भएको छ । ७ सय ७१ रोपनी क्षेत्रफलमा निर्माण सुरु भएको औद्योगिक ग्राम क्षेत्रफलका आधारमा नेपालकै ठुलो हो । ग्राम निर्माणका लागि गत आर्थिक वर्ष बागमती प्रदेश सरकारबाट १ करोड ५० लाख रकम विनियोजन भएकोमा ७७ लाख खर्च भएको छ । प्रारम्भिक चरणमा करिव ७० रोपनी जमिन सम्याउने, घेराबार लगाउने र पाले घ...

नमोबुद्ध-२ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

नमोबुद्ध-२ मा सुविधासम्पन्न वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन
रातमाटे (नमोबुद्ध) – नमोबुद्ध नगरपालिका वडा नं. २ मा सुविधासम्पन्न वडा कार्यालय र आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालय र स्वास्थ्य केन्द्रको निर्माणसँगै अब स्थानीयबासीलाई सेवा प्रवाहका लागि थप सहजता आउने भएको छ । नमोबुद्ध २ को रातमाटेमा निर्माण गरिएको वडा कार्यालय भवन र आधारभुत स्वास्थ्य केन्द्रको आज बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घ...

दुर्गा र रविनको स्वरमा नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक (भिडिओ)

दुर्गा र रविनको स्वरमा नयाँ तिज गीत ‘जिन्दगानी’मा सार्वजनिक (भिडिओ)
काठमाडौं । गायिका दुर्गा सापकोटाको नयाँ तिज गीत 'जिन्दगानी'मा सार्वजनिक भएको छ । गायिका सापकोटासंगै गायक रविन लामिछानेको स्वर रहेको गीतको भिडिओमा करिश्मा ढकाल लोमस शर्मा फिचर्ड छन् । गीतलाई गायक लामिछाने आफैले लेखका हुन् । कजिस श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको गीतलाई अजय रेग्मीले खिचेका हुन् । गीतमा विश्वास नेपाल एरेन्ज गरेको हुन् भने सम्पादन दिपक विष्टले गरेका हुन्

एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती

एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती
काभ्रेपलान्चोक - नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी छिटो संसदमा पेश गर्न चुनौती दिएका हुन् । देउवाले विगतमा एमसीसी छिटो ल्याउन भन्दै वेल घेर्न लगाएको ट्वीटमा उल्लेख गर्दै भने,‘ओली हुँदा त छिटो ल्याउ भनेर वेल घेर्न लगाउने उनै देउवा हुन् । ओली हटाएपछि ...

सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली

सर्वोच्चको आदेश पछि पहिलोपटक सिंहदरबारमा ओली
काभ्रेपलान्चोक - नेकपा एमाले अध्यक्ष केपी ओली सिंहदरबार पुगेका छन् । ओली ओली बुधबार दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा पुगेका हुन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलो पटक सिंहदरबार आउनु भएको हो प्रधानमन्त्री पदमा रहँदा ओली बिरलै सिंहदरबार पुग्थे । एमाले नेताहरुका अनुसार उनी भेटघाटका लागि सिंहदरबार पुगेका हुन् ।